१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४२:oo

बागमती प्रदेशको बजेट अधिवेशन आगामी ९ जेठमा बस्ने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ गते दिउँसो १ बजे आह्वान गर्ने गरी प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । 

आइतबारको बैठकले प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने गरी विधेयक तयार गरेको र सो विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । मन्त्रिपरिषद् बैठकले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नेसम्बन्धी विधेयकको मस्यौदालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । गत १० वैशाखमा बागमती प्रदेश राष्ट्रभाषा ऐन निर्माण कार्यदलले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको थियो ।

ad
ad