१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राजापुरमा भित्तेचित्रमार्फत बाढीसम्बन्धी जोखिमबारे जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o३:oo

बाढीको जोखिमसम्बन्धी सूचना प्रदान गर्दै त्यसप्रति संवेदनशील र सचेत गराउन राजापुर नगरपालिका– १ चनौरास्थित कालिका माध्यमिक विद्यालयमा भित्तेचित्रकला कार्यक्रम सम्पन्न भएको छ।  वैशाख २५ देखि २७ सम्म तीनदिवसीय भित्तेचित्रकला कार्यक्रम गरिएको हो। कर्णाली नदीबाट आउने बाढीका कारण उक्त स्थानीय विद्यालय बर्सेनि डुबानमा पर्ने गरेको छ।

विद्यालयका भित्तामा कोरिएका चित्रहरूमा जल तथा मौसम विज्ञान विभागले निर्धारण गरेको बाढीसम्बन्धी पूर्वसूचनाका तह, १०० वर्षको अवधिमा एकपटक आउने सबैभन्दा विनाशकारी बाढीको अवस्थामा हुने क्षति एवं त्यसको तीव्रतालगायतका तथ्यांक र विज्ञानका विभिन्न पक्षलाई देखाइएको छ।

सो अवसरमा दुईवटा भित्तेचित्र कोरिएको थियो। एउटा चित्र बाढी जोखिमको वैज्ञानिक पक्षमाथि केन्द्रित छ भने अर्को चित्रले विद्यालयका छात्रछात्राले प्रत्यक्ष भोगेको बाढीका अनुभवहरू उजागर गरेको छ।

कार्यक्रमको तयारीका क्रममा जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राजापुर नगरपालिकाका प्रतिनिधिहरूबाट प्राप्त सुझावबमोजिम भित्तेचित्रको डिजाइन तयार गरिएको थियो। विद्यालयका छात्रछात्रा आफैँले बनाई पेस गरेका चित्रको नमुनाका आधारमा सहभागी छात्रछात्राको छनाेट गरिएको थियो।

युथ इन्नोभेसन ल्याबको टोलीले भित्तेचित्रकलाको उद्देश्यबारे छात्रछात्रालाई संक्षिप्त अभिमुखीकरण प्रदान गरेको थियो।

उक्त कार्यक्रम ‘नेपालमा समुदायमा आधारित अनुकूलन र योजना तर्जुमालाई सूचित गर्न जलवायु परिवर्तन परिदृश्यहरूको उपयोग’ परियोजनाको एक हिस्साका रूपमा राजापुर नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको हो। उक्त परियोजनालाई बेलायती सहयोग नियोग युकेएडले वित्तीय सहायता प्रदान गरेको छ।

ad
ad