मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आलिसानमा गुन्जिए यश कुमार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १९:५२:oo

गायक तथा अभिनेता यशकुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए। 

लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ–पुराना गीत गाएर दर्शक झुमाए। 

साँझ आठ बजे आलिसान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजे मात्रै यश स्टेजमा उत्रिएका थिए । 

‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना  हिट सेन्टिमेन्टल गीतहरू हिजो अर्कैसँग देखेँ..., म आफ्नै इनार बनाउँछु..., बिरानो यो मन्दिरमा..., तिम्रो मन बदलिएछ...गाए । 

त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए। उनले ‘तुल्सी आँगनमा रोपौँला... र तिमीलाई कुनै पल...गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ लगाए। 

‘आलिसानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरूको अप्रत्याशित प्रेम पाएँ,’ यश खुसी सुनिएँ। 

आलिसानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी रहेको आलिसानका सञ्चालक राम थापाले बताए। 

‘कोभिडपछि हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो। अब आलिसानमा हामी हरेक महिना प्रिय कलाकारहरूसँगै झुम्नेछौँ,’ थापाले भने।