१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २८ बिहीबार ०९:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वीरगन्जका उपभोक्ताले पेट्रोल र डिजेल सस्तोमा पाउने गरी आयल निगमको नीतिगत निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २८ बिहीबार ०९:२६:००

वीरगन्ज क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा पेट्रोल र डिजेल किन्न पाउने गरी आयल निगमको सञ्चालक समिति बैठकले नीतिगत निर्णय गरेको छ । आयल निगमले बाराको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयबाट वीरगन्ज क्षेत्रका पम्पमा पेट्रोल र डिजेल वितरण गर्दै आएको छ । निगमको डिपोबाट १५ किलोमिटरभन्दा टाढाका पम्पले निर्धारित मूल्यमा ढुवानी खर्च जोडेर उपभोक्तालाई पेट्रोल र डिजेल बिक्री गर्न पाउने व्यवस्था छ । 

अमलेखगन्जस्थित निगमको डिपोबाट वीरगन्ज ३५ किलोमिटरको दूरीमा छ । जसकारण, वीरगन्ज क्षेत्रका पम्प व्यवसायीले आयल निगमद्वारा निर्धारित मूल्यमा ढुवानी खर्च जोडेर पेट्रोल र डिजेल बिक्री गर्दै आएका छन् । व्यवसायीले ढुवानी खर्च जोड्दा वीरगन्ज क्षेत्रका उपभोक्तालाई आयल निगमबाट निर्धारण गरिएभन्दा ५० पैसादेखि डेढ रुपैयाँ प्रतिलिटरसम्म पेट्रोल–डिजेल महँगो पर्दै आएको हो । 

औद्योगिक तथा व्यापारिक क्षेत्रको पहिचान बनाएको वीरगन्जमा पेट्रोलियमको मूल्य तुलनात्मक रूपमा महँगो हुँदा उपभोग्य वस्तु तथा सेवाको मूल्यमा असर परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए । व्यवसायीको निरन्तर गुनासो र पर्सा १ बाट निर्वाचित सांसद प्रदीप यादव तथा पर्सा ४ बाट निर्वाचित उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालको चासोपछि आयल निगमले वीरगन्जस्थित कार्यालयबाटै सो क्षेत्रका लागि पेट्रोल–डिजेल वितरण गर्ने निर्णय गरेको हो ।

निगमको वीरगन्जमा कार्यालय रहे पनि एक वर्षभन्दा बढी समयदेखि सो क्षेत्रका पम्पमा अमलेखगन्जदेखि नै तेल वितरण हुँदै आएको थियो । वीरगन्ज कार्यालयमा डिजेल भने अमलेखगन्जबाटै जानेछ, तर वीरगन्जसम्मको ढुवानी खर्च निगमले नै व्यहोर्ने निर्णय गरेको छ । वीरगन्जबाटै पेट्रोल र डिजेलको बिलिङ भएपछि सो क्षेत्रका उपभोक्ताले प्रतिलिटर डेढ रुपैयाँसम्म सस्तोमा पेट्रोल–डिजेल खरिद गर्न पाउनेछन् ।