१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २७ बुधबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेख आगलागीमा नौजना घाइते, गम्भीर चारकाे हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १७:३३:oo

दैलेखको आठबिस नगरपालिका- ६ मा पर्ने माल्या जंगलमा आगलागीमा परी नौजना घाइते भएका छन्।घाइतेमध्ये गम्भीर रहेका चारजनालाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि कोहलपुरमा लगिएको छ। 

घाइते हुनेहरूमा आठबिस नगरपालिका– ६ का भैरे विक, प्रज विक, नवीन विक, नैना विकलाई हेलिकाेप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिएका छन्। 

गम्भीर घाइतेमध्ये वसुन्धरा विकलाई समेत हेलिकोप्टरमार्फत उद्धार कार्यको तयारी भएको लम्सालले बताए। अन्य घाइतेहरूमध्ये छत्रा विक, जौकला विक, मौती र मीन विककाे स्थानीय राकम अस्पतालमा उपचार भइरहेको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गोरेटो बाटो निर्माण गएका र वनमा आगो लागेपछि निभाउने प्रयास गर्दा उनीहरू घाइते भएको प्रारम्भिक अध्ययनबाट देखिएको र घटनाको थप विवरण संकलन गर्ने काम प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।