१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रंगमञ्चमा बाल सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२७:oo

रंगमञ्चमा बालबालिकाको सहभागिता दुई तरिकाले हुन सक्छ– विभिन्न रंग प्रस्तुति हेर्ने र आफैँ प्रत्यक्ष रूपमा संलग्न हुने । रंगमञ्चमा नाटक मात्रै हुँदैन, अनेक प्रस्तुति देखाइन्छ ।

केदार श्रेष्ठ रंगकर्मी

हाम्रोमा नाटकघरहरुमा आक्कलझुक्कलबाहेक खासै बालनाटकहरु निर्माण र मञ्चन भएका छैनन् । हुनुपर्ने चाहिँ व्यावसायिक अभ्यासरत रंगकर्मीहरुले विषयवस्तु  र प्रस्तुतिका हिसाबले बालाबालिकाका लागि तयार पारिने नाटक बालनाटक हुन् । यस्ता नाटक खास भएका छैनन्, गर्न सकिरहेका छैनौँ । त्यसैले अहिलेको अवस्थामा ठूलाका लागि बनाएका नाटक नै बालबालिकालाई देखाउनुपर्ने बाध्यता छ । कतिपय नाटक उनीहरूलाई देखाउनु उपयुक्त नहुन सक्छ वा कतिपय उनीहरूले नबुझ्न सक्छन् । तसर्थ, अभिभावकले बालबालिकालाई रंगमञ्चमा लैजानुअघि उक्त नाटक उनीहरूका लागि उपयुक्त छ वा छैन भनेर निक्र्योल गर्नु राम्रो हुन्छ । 

रंगगञ्चमा नाट्य प्रस्तुति हेर्न जाँदा बालबालिकालाई कस्तो फाइदा पुग्छ ? यो महत्वपूर्ण कुरा हो । रंगमञ्च मनोरञ्जनको साधन त हुने नै भइहाल्यो, सँगसँगै कलाको महत्वपूर्ण स्वरूप भएकाले पनि यसले कल्पना शक्तिको विकास गर्छ । 

नाटक हेर्ने बच्चाहरूमा हरेक कुरा भिजुअलाइज गर्ने बानी बस्छ । सुनेका र पढेका कथा दृश्यमा परिकल्पना गर्ने खुबी उनीहरूमा विकास हुन्छ । मनोवैज्ञानिक हिसाबले आफ्नै परिवार तथा सामाजिक विषयवस्तुसँग जोडिनका लागि रंगमञ्चका शिल्प र शैलीले सघाउन सक्छ । उनीहरूले बुझ्ने भाषामा धेरै विषयवस्तु आउन सक्छ, युरोपमा ४–५ वर्षका बालबालिकाका लागि पनि नाटक देखाइन्छ । त्यहाँ बालबालिकाका लागि मात्रै काम गर्ने डेडिकेटेड थिएटरहरू हुन्छन् । 

हामीले बालबालिकालक्षित रंगमञ्चको विकास र विस्तारमा जोड दिनुपर्छ । जहाँ बालबालिकाले नै बाल सामग्री तयार गरून् । रंगमञ्च उनीहरूको सिकाइ प्रक्रियाको थलो बन्न सक्छ । त्यहाँ हुने प्रस्तुतिले उनीहरूलाई थप जिज्ञासु र तार्किक बनाउँछ । सम्बन्धहरू बुझ्न र सम्बन्ध विकासको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउँछ । बालबालिकाले आफ्नै आँखाले नजिकै देखेका कुरामा बढी विश्वास गर्ने भएकाले उनीहरूको बौद्धिक विकासका लागि नाटक प्रभावकारी माध्यम बन्न सक्छ ।

व्यावहारिक सिकाइका लागि रंगमञ्च महत्वपूर्ण छ । शैक्षिक विषयलाई नाटकमार्फत देखाउँदा विद्यार्थीले ती कुरा चाँडै बुझ्न सक्छन् । विज्ञान विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्न सकिन्छ, सामाजिक कथाहरू देखाउन सकिन्छ । साहित्यिक विकासलाई रंगमञ्चले सहयोग पुर्‍याउँछ ।

रंगमञ्चमा बालबालिकाको सहभागिता किन ? 
रंगमञ्चमा बालसहभागिता दुई किसिमले हुनसक्छ । नाट्य गतिविधि हेरेर, अवलोकन गरेर र अर्को नाटक र त्यस्ता गतिविधिमा आफैँ सहभागी भएर । यसमा बाल रंगमञ्च र बाल सहभागितामूलक रंगमञ्चको दुई फरक पाटाहरु आउँछन् । बालबालिकालाई नाटक देखाउनु जति महत्वपूर्ण छ, त्योसँगै महत्वपूर्ण रंगमञ्चमा उनीहरूको सहभागिताको विषय हो । बालबालिकाका लागि विभिन्न कार्याशाला सञ्चालन गर्न सकिन्छ । हामीले पनि विभिन्न कार्यशाला सञ्चालन गरिरहेका छौँ । अभिनयसँगै उनीहरूको व्यक्तित्व विकासका लागि कार्याशाला र तालिम महत्वपूर्ण हुन्छ । त्यहाँ उनीहरूले अभिनय, नृत्य, संगीतलगायत ड्रामाटिक टुल्सहरू सिक्न र बुझ्न पाउँछन् । अभिनयमार्फत उनीहरूले फरक–फरक जीवनलाई अनुभूत गर्न पाउँछन् । आफूले बुझ्न र ग्रहण गर्न सक्ने पात्रहरूकै भूमिका निर्वाह गर्न जुन मिहिनेत गर्नुपर्छ, त्यसले उनीहरूमा बेग्लै ऊर्जा र उत्साह पनि उत्पन्न हुन्छ । 

भविष्यमा अन्य कुनै पेसामा करिअर बनाउँदा पनि त्यो प्रतिबद्धता, कला र सिपले सहयोग गर्छ । रंगमञ्च अभिव्यक्तिको सशक्त माध्यम हो । त्यहाँ आफूले भन्न चाहेका कुरा, आफ्ना असन्तोषलाई निर्भीकताका साथ राख्न पाइन्छ । घरमा अभिभावकलाई भन्न नसकेका कुरा बालबालिकाले रंगमञ्चमार्फत सुनाउन सक्छन् । यसले आत्मविश्वास बढाउँछ । यस अर्थमा उनीका लागि रंगमञ्च थेरापी हो । यसले विकासमा ठूलो व्यक्तित्व विकास, निर्णय क्षमता, ध्यानशक्ति र कामप्रतिको लगाव वृद्धि गर्छ । 

ad
ad