१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१९:oo

डा. मीनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले सभापतिलाई रहेको मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्थाअनुसार शुक्रबारबाट सो जिम्मेवारी तोकेका हुन् । 

१४औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका रिजाल पराजित भएका थिए । 

उनले पराजयपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टीको तर्फबाट सरकारमा सहभागी रहेका रिजालले महाधिवेशनमा कार्यकर्ताबाट आफू अनुमोदित हुन नसकेको भन्दै नैतिकताको आधारमा सरकारको जिम्मेवारी परित्याग गरेको बताएका थिए । 

त्यसयता रिजाल पार्टीमा भूमिकाविहीन थिए । गत निर्वाचनमा समेत उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टिकट पाएनन् । 

ad
ad