Skip This
बजार क्षेत्रमा सडक विस्तार अब रोक्न सकिँदैन : मेयर लामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २० बुधबार १५:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजार क्षेत्रमा सडक विस्तार अब रोक्न सकिँदैन : मेयर लामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १५:५९:oo

हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको राष्ट्रिय राजमार्गमा जोडिएका मापदण्डविपरीतका संरचना हटाउने कामलाई २५ मिटर सडक विस्तारको तयारीका रूपमा बुझ्न आग्रह गरेको छ।

उपमहानगरपालिकाकी मेयर मीना लामाले राजमार्गसँगैका घरटहरासँग जोडिएका मापदण्डविपरीतका संरचना हटाउने काम २५ मिटर सडक विस्तारको अभियानको सुरुवात भएको बताएकी छिन्। उनले हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको राजमार्गको विस्तार नहुँदा समस्या बढेको बताइन्।

‘राजमार्ग विस्तार नहुँदा बजारको स्वरूप त बिग्रिएको छ नै। सँगसँगै बढ्दो जनघनत्व र बढ्दो सवारीसाधनको चापलाई थेग्न नसक्ने अवस्था छ । समयमै केही नसोच्ने हो भने विकासका सवालमा हामी निकै पछि पर्छौँ,’ उनले भनिन्। 

२५ मिटर सडक विस्तारको पहिलो चरणको अभियान सुरु भयो भन्ने बुझ्न मेयर लामाले आग्रह गरिन्।

राजमार्ग विस्तारको काम रोकिँदा उपमहानगरपालिकाले बजार क्षेत्रमा गर्नुपर्ने धेरै विकासका गतिविधि सञ्चालन गर्न नसकेको मेयर लामो दाबी छ।

उलने भनिन्, ‘बजार क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न सकिएको छैन। सडक विस्तार नहुँदा हामी आफैँ पनि विकासका काम रोक्न बाध्य भएका छौँ।’

२५ मिटर सडक विस्तारको कामले अब गति लिने उल्लेख गर्दै मेयर लामाले बजार क्षेत्रका व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्थापन गर्न सुझाव पनि दिइन्। मेयर लामाले बजार क्षेत्रका सडक विस्तार अब रोक्न नसकिने स्पष्ट पारिन्।

उपमहानगरपालिकाले सोमबारदेखि नै नगर प्रहरीको सहयोगमा हेटौँडा बजार क्षेत्रमा मापदण्डविपरीत पछि थपिएका संरचनाहरू भत्काउँदै आएको छ।

व्यवसायीहरूले निर्माण गरेका त्यस्ता अस्थायी संरचनाले पैदल यात्रुहरूलाई हिँडडुल गर्न असहज भएको र बजारको स्वरूप नै बिगारेको भन्दै उपमहानगरले हटाउन थालेको हो।

विशेषगरी उपमहानगरले बजार क्षेत्रको हेटौँडा १, २, ४ र १० नम्बर वडामा रहेका पसल व्यवसायीले घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम गरिरहेको छ। 

अहिलेसम्म उद्योग वाणिज्य संघ चोकदेखि सुरु गरेको अभियानअन्तर्गत उपमहानगरले त्रिभुवन राजपथको चौकीटोल ओरालाेदेखि पूर्व–पश्चिम राजमार्गको राप्तीरोड हेटौँडा अस्पतालअगाडिसम्मको मापदण्डविपरीतका संरचना हटाएको छ।