१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

इराकको हलमा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ४’बाट सुरुवात हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१६:oo

नेपाली समुदायको कम बसोवास रहेको इराकमा पहिलोपटक नेपाली फिल्मको प्रदर्शन हुने भएको छ। आगामी मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ प्रदर्शन हुने भएको हो। 

मध्यपूर्व देशमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले पहिलोपटक इराकमा यो फिल्म देखाउन लागेका हुन्। इराकको सिटी सिनेमा हललाई बुक गरेर फिल्म देखाउन लागिएको ढकालले जानकारी दिएका छन्। 

‘दुई वर्षदेखि प्रयास गरिरहेको हो,’ ढकालले भने, ‘तर बल्ल सफल भइयो। रिलिज डेट कन्फर्म भयो, अब फिल्म सेन्सरका लागि पठाउँदै छु। अरबिक सबटाइटलसहित फिल्म रिलिज हुनेछ।’

ढकालले इराकस्थित नेपाली व्यवसायी गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठसँगको सहकार्यमा फिल्म देखाउन लागेका हुन्। ढकालका अनुसार हरेक महिनामा कम्तीमा एउटा नेपाली फिल्म देखाउने योजना छ। 

‘इराकमा नेपाली समुदायको बसोवास कम छ,’ उनले भने, ‘त्यसैले दर्शकको उपस्थिति र प्रतिक्रियाका आधारमा सो थप्ने तयारी छ। ‘छक्कापञ्जा ४’ पछि ‘जारी’ देखाउने तयारी छ।’

ढकालकै पहलमा मध्यपूर्व देशहरू युएई, कतार, बहराइन, ओमानलगायतका देशमा नेपाली फिल्म रिलिज हुँदै आइरहेको छ। हाल युएईमा उनकै वितरणमा ‘जारी’ रिलिज भइरहेको छ। 

‘नेपालपछि युएईमा पनि जारीको व्यापार उत्साहजनक छ। बक्स अफिट रिपोर्ट केही दिनमा सार्वजनिक हुन्छ,’ उनले भने।

ad
ad