१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १८ सोमबार २१:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चिनीमा केमिकल राखेर मह बनाई ठगी, उद्योगमा प्रहरीको छापा, सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार २१:२१:oo

अखाद्य मह उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बुढानीलकण्ठले सोमबार बुढानीलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो । 

उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरीको दाबी छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उनको उद्योगबाट सात सय बट्टा तयारी मह तथा ४० बाल्टिन कच्चा पदार्थ बरामद गरिएको बुढानीलकण्ठ प्रहरी प्रभागका इन्स्पेक्टर दीपेन्द्र चन्दले जानकारी दिए। पक्राउ परेका सत्यालमाथि सामाजिक अपराध ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad