Skip This
गण्डकीका मुख्यमन्त्रीले २१ वैशाखमा विश्वासको मत लिने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
२o८o बैशाख १७ आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्रीले २१ वैशाखमा विश्वासको मत लिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १७:२२:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

१४ गते नियुक्त मुख्यमन्त्रीले १५ गते पद तथा गोपनीयताको शपथ लिँदै आफ्नो कार्यभार सम्हालेका पाण्डेले नियुक्त भएको आठौँ दिनमा विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

हाल प्रदेश सभाको अधिवेशन चालू छैन। मुख्मन्त्रीले विश्वासको मत लिने निर्णयसँगै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्तासमेत रहेकी विनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश सभाको अधिवेशन २१ वैशाख बिहीबारका दिन १४ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गरेका छन्। 

६० मध्ये ३५ को समर्थन 

६० सदस्य प्रदेश सभामा चार दलको प्रतिनिधित्व रहेको छ। ६० सदस्यमध्ये नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित एकजना सदस्य छन्। 

बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन अवश्यक रहन्छ। पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका २७, माओवादीका सात र स्वतन्त्र एक गरी ३५ जनाको समर्थनमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

एमालेका २२ र राप्रपाका दुई गरी २४ जनाको समर्थन पाण्डेलाई छैन। हालको समीकरण हेर्दा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २४ मत छ।