मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Thursday, 19 December, 2024
टंकलाल घिसिङ
२o८o बैशाख १६ शनिबार १८:o६:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
टंकलाल घिसिङ
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार १८:o६:oo

नेपालको हावापानीका हिसाबले यहाँ बाह्रै महिना खेल खेल्न सकिन्छ । नेपालको मौसम सबैलाई लोभ्याउने किसिमको छ । यसै सुन्दर मौसमका कारण नै नेपाललाई एक अन्तर्राष्ट्रिय न्युट्रल भेन्यु (तटस्थ भूमि)को हबका रूपमा प्रयोग र विकास गर्न सक्छौँ । दक्षिण एसियासँगै अन्य राष्ट्रलाई पनि नेपाललाई तटस्थ भूमिको रूपमा प्रयोग गर्न दिई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गराउन सकिन्छ ।

उदाहरणका लागि मध्यपूर्वी एसियालाई नै लिन सक्छौँ । मध्यपूर्वी एसियामा बाह्रै महिना गर्मी हुन्छ । त्यहाँ कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न धेरै खर्च लाग्छ । तर, नेपालको भौगोलिक अवस्था हेर्ने हो भने गर्मी र जाडो मौसममा समेत खेलकुद आयोजना गर्न सकिन्छ । यस्तो किसिमको मौसम भएको देशमा मध्यपूर्वी एसियाका राष्ट्रलाई प्रतियोगिता आयोजना गर्न प्रस्ताव गर्न सक्छाँ । तर, हामीले त्यही खालको पूर्वाधारमा लगानी गर्नुपर्छ । नेपालले अन्तर्राष्ट्रियस्तरको पूर्वाधारको विकास गर्नुपर्छ । यहाँका होटेल राम्रा छन् । त्यसमा कुनै समस्या छैन । केवल समस्या छ भने पूर्वाधारमा । यसकारण दर्जनौँ अन्तर्राष्ट्रिय किसिमका पूर्वाधार निर्माण गर्न सकियो भने नेपाललाई एक तटस्थ खेल आयोजकका रूपमा अगाडि बढाउन सकिने सम्भावना छ ।

दक्षिण एसियामा क्रिकेट संस्कारको इतिहास लामो छ । क्रिकेटको संस्कृति बसेको क्षेत्र नै दक्षिण एसिया हो । हाम्रा छिमेकी राष्ट्र एकदिवसीय विश्वकप च्याम्पियन भइसकेका छन् । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशमा क्रिकेटको लिगेसी छ । भारत र पाकिस्तानबीच राजनीति सम्बन्ध राम्रो छैन । यसकारण यी दुई देशले आफ्नै घरेलु मैदानमा एकआपसमा सिरिज नखेलेको वर्षौँ भइसकेको छ ।

खेल पर्यटनस्थलका रूपमा पोखरालाई हब नै बनाउन सकिन्छ। दक्षिण एसियाली खेलकुदअन्तर्गत पोखरामा आर्चरी खेल हुँदा बाहिरबाट आएका खेलाडी र दर्शक हिमालको सुन्दरताबाट दंग परेका थिए।

सिरिज खेल्नुपरे उनीहरू अहिले दुबई वा अन्य देश जान्छन् । सम्भवतः दुबई वा अन्य क्षेत्रमा सिरिज खेल्दा खर्च बढी लाग्छ । हाम्रो भूमिमा भारत र पाकिस्तानलाई खेलाउन सकिन्छ । हामीसँग अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र पूर्वाधार हुँदा भारत र पाकिस्तानको सिरिजबाट नेपालले ठूलो लाभ लिन सक्छ । यो काम हामीले गर्न नसकिने होइन । फेरि क्रिकेटको प्रसंग उठाउँदा एसोसिएट राष्ट्रमा नेपालमा जति अन्य राष्ट्रमा दर्शक नै छैनन् । आइसिसी विश्वकप लिग २ को खेलबाट नेपालले विश्व खेलकुदमा एउटा सन्देश दिएको छ । त्यो सिरिजले पूरै विश्वलाई नेपालप्रति ध्यानाकर्षण गरायो । वास्तवमा क्रिकेट फ्यान अन्य देशमा नभएर नेपालमा छ । क्रिकेटको माध्यमबाट पनि हामीले देशलाई समृद्ध बनाउन सक्छौँ जस्तो लाग्छ । उदाहरणका लागि भारतले पनि क्रिकेटमा धेरै लगानी गरेको छ । 

खेल पर्यटन
खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग गर्न सकिन्छ । यो पनि एक महŒवपूर्ण पक्ष हुन सक्छ । हरेक खेल संघ र महासंघले के गर्छन् ? खेलप्रेमी र समर्थक अन्य राष्ट्रमा आफ्नो देशको समर्थन गर्न जाँदा सबै पक्ष विचार गर्छन् । त्यस्ता समर्थकलाई नेपाल एकदमै सुलभ स्थान हो । यहाँ सामान्य खर्चमा पनि उनीहरूले होटेलदेखि यातायातको सुविधा अन्तर्राष्ट्रियस्तरको पाउन सक्छन् । यो हिसाबले अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्भावना देख्छु ।

खेल पर्यटनस्थलका रूपमा पोखरालाई हब नै बनाउन सकिन्छ । दक्षिण एसियाली खेलकुदअन्तर्गत पोखरामा आर्चरी खेल हुँदा बाहिरबाट आएका खेलाडी र दर्शक हिमालको सुन्दरताबाट दंग परेका थए । पोखरा रंगशालाको वरिपरिको प्राकृतिक सुन्दरताले सबैलाई लोभ्यायो । पोखरामा फ्लड लाइटको काम बाँकी छ । त्यसपछि यो रंगशाला झनै सुन्दर हुनेछ ।

फुटबलको लामो लिगेसी छ । सरकारले फुटबलमा धेरै समयदेखि लगानी गरिरहेको छ । फिफाले पनि फुटबलमा राम्रो बजेट र अनुदान दिएको छ । तर, हाम्रो फुटबल सोचेजस्तो माथि उठ्न सकेको छैन । यद्यपि, उमेर समूहमा राम्रो गरिरहेजस्तो लाग्छ ।

प्रतियोगिता आयोजना केही दिनअघि गर्नुहुन्न । कम्तीमा एक वर्षअघि घोषणा हुनुपर्छ । एक वर्षको तयारीले राम्रो प्रतियोतिगा आयोजना गर्न सकिन्छ । गुणात्मक रूपमा फुटबललाई राम्रो गर्न सक्यौँ भने दक्षिण एसियाभन्दा माथिल्लो तहको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छौँ । क्रिकेटमा जस्तै फुटलबमा पनि राम्रो क्रेज छ । दर्शक टिकट किनेर खेल हेर्न जान्छन् । फुटबल विकासमा मार्केटिङ पोलिसीमा संघहरूले ध्यान दिन जरुरी छ । यस विषयमा छलफल भइरहेको छ । क्रिकेटमा जस्तै फुटबलमा पनि नेपाललाई तटस्थ भूमिको रूपमा प्रयोग गर्न सकिन्छ । यहाँको मौसम मात्र नभएर प्राकृतिक सुन्दरतालाई पनि जोड्न सकिने आधार छन् । 

हाई अल्टिच्युड ट्रेनिङ अवधारण
मैले यसपटक हाई अल्टिच्युड टे«निङ सेन्टर भनिरहेको छु । यो अर्काे सम्भाव्य क्षेत्र हो । देशको अर्थतन्त्रमा खेलकुदको माध्यमबाट योगदान दिन हाई अल्टिच्युडको भूमिका पनि महŒवपूर्ण हुन सक्छ । हामी कहाँ यसको सम्भावना धेरै छ । संसारभरि विद्युत्को माध्यमबाट मिलाउनुपर्नेछ । हाई अल्टिच्युडको खेलको माध्यमबाट विदेशीलाई हिमाल देखाउन सकिन्छ । खेलका लागि र यहाँको वातावरणसँग घुलमेल हुन एक–दुई महिनाको क्याम्पका लागि विदेशी आउन सक्छन् । उच्च क्षेत्रमा हुने सबै किसिमको खेलको भौतिक पूर्वाधार विकास गर्न सकियो भने नेपाल अन्तर्राष्ट्रिय हाई अल्टिच्युड खेलको राम्रो गन्तव्य बन्न सक्छ । एभरेस्ट म्याराथनजस्ता प्रतियोगिता अन्य क्षेत्रमा पनि हुनुपर्छ ।

तर, पहाडी र माथिल्लो क्षेत्रमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्नुपर्छ । अब, एउटा कम्प्लेक्स सकाउने हो । त्यहाँपछि हाम्रो र अरू विभिन्न देशकाले क्याम्प र अभ्यास गर्न सक्छन् । त्यसले हाम्रो राजस्व बढाउनेछ । अरू देशमा हाई अल्टिच्युडको खेल अप्राकृतिक हुन्छ । नेपालको हिमाली क्षेत्र बाह्रै महिना हिउँले ढाकेको हुन्छ । प्राकृतिक सुन्दरताबीच नेपालका हिमाली क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ । यसले खेल पर्यटनमा टेवा पु¥याउँछ भन्ने विश्वास लिएको छु । नेपालमा अल्ट्रा म्याराथन प्रतियोगिताको सम्भावना प्रचुर छ । 

जिडिपीमा खेलकुदको भूमिका
पहिलो दक्षिण एसियाली आयोजना गर्ने नेपालले आफूलाई गौरवको अनुभूति र महसुस गर्छ । नेपालमा पहिलो, आठौँ र १३औँ साग आयोजना भयो । सागको सुरुवात गर्ने नेपाल यसभन्दामाथि उठ्न सकेको छैन । एसियाली खेलकुद आयोजना कहिले गर्ने हो ? यो गम्भीर प्रश्न हो । यो प्रश्नमा सकारात्मक जवाफ दिन सिंगो राज्यको ध्यानाकर्षण गराउन चाहन्छु । खेलकुदको नियामकको नाताले राखेपले गम्भीर तयारी थाल्नुपर्छ ।

हामीले गत वर्ष प्रादेशिक रूपमा गण्डकी र पोखरालाई पर्यटकका रूपमा स्थापित ग¥यौँ । अन्तर्राष्ट्रिय सहभागिता र घरेलु मैदानमा खेलकुदका कार्यक्रम आयोजना गरेर खेलकुदको माध्यमबाट अर्थतन्त्रलाई योगदान गर्न सकिन्छ । 
महिलाको साफ च्याम्पियनसिप, रग्वीले यु–१८ एसियन लेभल, एथलेटिक्सले एसियन क्रसकन्ट्री र क्रिकेटको आइसिसी विश्वकप लिग २ प्रतियोगिता आयोजना गरे । अब एसिसी कप हुँदै छ । भलिबलतर्फ आठ राष्ट्रको महिला एसियन काभा च्याम्पियसिप हुँदै छ । यो नवीनतम सुरुवात हो । अर्काे वर्ष बृहत् रूपमा प्रतियोगिताको खेल संख्या बढ्नेछ । टिम गेममा एउटा प्रतियोगिता आयोजना हुँदा १५–२० दिन लाग्छ । गेमको प्रकृतिअनुसार टिम निर्धारण हुन्छ । अलि बढी हुने स्थानमा एक अर्ब खर्च लाग्न सक्छ । यसरी खेलले देशको अर्थतन्त्रमा प्रत्यक्ष रूपमा सहयोग गरेको हुन्छ ।

यसरी प्रतियोगिताको आयोजनाले राम्रो आम्दानी हुन्छ भने किन नगर्ने अन्तर्राष्ट्रियकरण ? खेलाडीलाई आफ्नै घरेलु मैदान र समर्थकबीच खेल्दा उत्साह प्रदान गर्छ । अर्थतन्त्र मात्रै होइन, खेलाडीलाई पनि खेल प्रदर्शनमा ऊर्जा थपिएको छ । उमेर समूहमा खेलिरहेकालाई सिनियर टोलीमा गएर खेल्न सहज हुन्छ । खेल हुँदा सपिङ महल, ट्याक्सी, होटेल, रेस्टुरेन्ट आदि सबै व्यस्त हुन्छन् । सबैले काम पाउँछन् । खेलमा संस्कृति हुन्छ । खेलले सभ्यतामा पनि ठूलो योगदान दिएको देखिन्छ ।

नेपालमा प्रो–लिग बढाउनुपर्छ । फुटबलमा एनएसएल भयो । केहीले नेपाल टी–२० प्रयत्न गरे पनि विवादित बन्यो । यहाँ बक्सिङको पनि प्रचुर सम्भावना छ । राष्ट्रिय संघको सम्भावना भएकाको सूची बनाएका छौँ । यसले खेलाडीको विदेश पलायन रोक्न सक्छौँ । हामीले राष्ट्रिय नीतिमा परिवर्तन गर्नुपर्छ । खेलकुदले राष्ट्रको गौरव बढाउँछ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले हाम्रो गरिमा अन्तर्राष्ट्रिय रूपमा नै फैलिन्छ ।

निजी क्षेत्रको लगानी 
खेलकुदमा बिमा नै छैन । राज्यको यसमा पोलिसी छैन । गत वर्ष सरकारको नीति तथा कार्यक्रममा खेलकुद बिमा नीति ल्याइने भनियो । यस वर्ष राखेप र खेलकुद बिमा समितिबीच पटक–पटक छलफल भएको छ । अब, छिट्टै खेलकुद बिमा कार्यान्वयनमा आउँछ । अहिले कुनै पनि प्रतियोगितामा यात्रुबिमा जसरी गरिएको छ, खेलकुदको बिमा यात्रुबिमा भएको छ । अब स्पोर्टस् सर्भिस कोटा हुनुपर्छ । हरेक खेलाडीले व्यावसायिक रूपमा रहँदा क्लब वा राष्ट्रिय टोलीबाट खेलिसक्दा साइड जबको सुनिश्चित हुनेछ । निजी क्षेत्रले स्पोर्टस् क्षेत्रमा गरेको योगदानअनुसार कोटा थप गर्नुपर्छ । निजी क्षेत्रले खेलकुदमा धेरैभन्दा धेरै लगानी गर्नुपर्छ । निजी क्षेत्र प्रत्यक्ष संलग्नता रहँदा यहाँको खेलकुद पनि विकास हुन्छ । व्यावसायिक रूपमा खेलकुदको विकास हुँदा देशको आर्थिक अवस्था पनि सुदृढ हुनेछ । सिएसआरमार्फत ०.२५ प्रतिशत मात्रै खेलकुदमा अनिवार्य खर्चिनुपर्ने नीतिगत व्यवस्था भयो भने पनि खेलकुद क्षेत्रमा कति धेरै क्रान्ति हुन्थ्यो ।

भौतिक पूर्वाधारको अवस्था 
खेलकुदमा आर्थिक स्रोतको सुनिश्चितता हुँदै छ । हामीले छिट्टै राम्रो बजेट पाउनेछौँ । खेलकुदमा राम्रो गर्न कम्तीमा डेढ अर्ब चाहिन्छ । एकैपटक बजेट आउँदा मैदान बनाउन वर्षाैँ प्रतीक्षा गर्नुपर्दैन । पर्याप्त बजेट हुँदा हामीले एक वर्षमै काम पूरा गर्न सक्छौँ । नेपालगन्जमा सेन्थेटिक ट्र्याक बन्दै छ । कीर्तिपुरमा फ्लड लाइटका लागि टेन्डर आह्वान भएको छ । धरान–सुनसरी मैदान निर्माणाधीन छ । फिदिम, वीरगन्ज, सिमरा र वैजधानपुरजस्ता स्थानमा खेलकुदका भौतिक पूर्वाधार बन्दै छन् । कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा, बागमती प्रदेशले हेटौँडाको गौरीटारमा काम गरिरहेका छन् ।