१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २७ आइतबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सदस्यसचिव घिसिङमाथि दुर्व्यवहार, ३७ संघले गरे सामूहिक भर्त्सना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार o७:४६:oo
  • अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको टोलीले शुक्रबार राखेप सदस्यसचिवलाई दुर्व्यवहार गर्नुका साथै कार्यकक्षमा तोडफोडसमेत गरेको थियो

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङमाथि दुर्व्यवहार र कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति नेपाली खेलकुदका विभिन्न ३३ संघले भर्त्सना गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको एक दर्जनभन्दा माथिको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा दुर्व्यवहार गर्नुका साथै टेबुल तोडफोड गरेका थिए । पछिल्लो समय उसु राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई मान्यताप्राप्त संघ छन् । अन्तर्राष्ट्रिय संघको अध्यक्षमा वीरबहादुर र राष्ट्रियमा जनक बर्ताैला हुन् । बर्ताैलाले राजीनामा दिएपछि शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष छन् । 

शनिबार राखेपअन्तर्गतमा ३४ तथा अन्य तीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले घटानाबारे निन्दा गरेका हुन् । हस्ताक्षर गर्नेमा राखेपमा नवीकरण नभएका पाँच संघहरू नेपाल एथलेटिक्स, नेपाल क्लाइम्बिङ, नेपाल तेक्वान्दो, नेपाल ब्रेकिङ एन्ड डान्स र नेपाल ह्यान्डबल छन् । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै मान्यता पाएर विवादास्पद बनेका पाँच संघहरू (अखिल नेपाल टेबुलटेनिस संघ, नेपाल पौडी संघ र नेपाल उसु महासंघ, कुस्ती संघ र इस्पोर्टस् संघ नेपाल) पनि छन् । 

उच्च अदालत पाटनले १३ भदौ २०८० मा अन्तर्राष्ट्रिय मान्यता महासंघलाई अवैधानिक ठहर गरेको थियो । त्यसका बिच पनि वीरबहादुरको नेतृत्वमा ३० भदौ २०८० मा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भयो । तत्कालीन खेलकुदमन्त्री डिगबहादुर लिम्बूले यो समितिलाई बधाई पनि दिए । यसबिच वर्तमान खेलकुदमन्त्री तेजुलाल चौधरीले ११ भदौ २०८१ मा वीरबहादुरको नेतृत्वमा निर्वाचित संघको अभिलेख राखी कार्यान्वयन गर्न निर्देशन दिए पनि सदस्यसचिवले अटेरी गर्दै आएका थिए । यसैबिच खेलाडीले पाएको पुरस्कार नदिएको, अनावश्यक स्पष्टीकरण सोधेको भन्दै टोली सदस्यसचिव घिसिङलाई सातबुँदे ज्ञापनपत्र बुझाउन राखेपको मुख्यालय पुगेको थियो । राखेपले यस घटनापछि नेपाल प्रहरीलाई खबर गरेको जनाएको छ । 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ओलम्पिक कमिटीको निर्वाचनको विषयमा गरिएको विषयलाई लिएर वार्ता, छलफल तथा संवादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै सदस्यसचिवको कार्यकक्षमा केही अराजक व्यक्तिहरू प्रवेश गरी अभद्र व्यवहार तथा गालीगलौज गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित नेपाल सरकार र सरोकारवालाहरूमा अपिल गर्दछौँ ।’

कारबाही गर्ने निर्णयपछि भयो घटना 
बिहीबार मात्र राखेपले ओलम्पिक कमिटीको निर्वाचनमा झुटो विववरण पेस गरेर सहभागी भएको भन्दै पाँच संघलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो । उनीहरूलाई तीन दिनभित्र सफाइ पेस गर्न राखेपले अवसर दिएको भोलिपल्ट नै टोली सदस्यसचिवको कार्यालय पुगेको हो । राखेपले उसु महासंघबाट महासचिव लाक्पाछिरिङ लामा, पौडी संघबाट अशोकरत्न बज्राचार्य, कुस्ती संघबाट समिममियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङले झुटो विवरण पेस गरेको आरोप लगाएको छ ।