Skip This
म्याग्देका विद्यालयमा दिवाखाजा कार्यक्रम लागू
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
फाइल फोटो
२o८२ जेठ १५ बिहीबार १४:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्देका विद्यालयमा दिवाखाजा कार्यक्रम लागू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:३५:oo

म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम लागू गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् । 

संघीय सरकारको आर्थिक सहयोगमा बाल विकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेपछि विद्यालय जानेको संख्या बढेको हो । 

दिवाखाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको संख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णु खत्री क्षेत्रीले जानकारी दिए । 

उनले भने, ‘विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बिचमै छाडेर हिँड्ने प्रवृत्ति पनि रोकिएको छ ।’ उनका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवाखाजा कार्यक्रममा समावेश भएका छन् । 

चालू आर्थिक वर्षका लागि दैनिक १५ रुपैयाँका दरले १८० दिनका लागि ५० लाख ८७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताए । 

उनका अनुसार म्याग्दे– २ स्थित राधा मावि र वडा नं. ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको छ । 

उनीले भन्छन्, ‘धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ ।’ 

यस वर्ष दुई विद्यालय गाभिए 

चालू आर्थिक वर्षमा जिल्लाका दुईवटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ । म्याग्दे– ७ स्थित बेदकालिका आधारभूत र म्याग्दे– ४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी संख्या शून्य भएपछि गाभिएको हो ।

बेदकालिकालाई सोही वडास्थित मिलिजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार पालिकाभित्र मावि तह ६, कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म १२ गरी २२ विद्यालय छन् । रासस