Skip This
कैदीबन्दीलाई खेलकुदका सामग्री हस्तान्तरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १५ बिहीबार १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैदीबन्दीलाई खेलकुदका सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:२o:oo

१८औँ गणतन्त्र दिवसका अवसरमा जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएकाे छ । सामाजिक विकास कार्यालय जुम्लाकाे सहयाेगमा जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएकाे हाे ।

बिहीबार बिहान कारागारमा एक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले कारागार प्रमुखलाई खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन्।

सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख टाेपबहादुर बुढाले गणतन्त्र दिवसका अवसरमा कार्यालयकाे तर्फबाट दुईवटा भलिबल र दुईवटा नेट प्रदान गरिएकाे बताए । गणतन्त्र दिवस मूल समाराेह समितिकाे निर्णयअनुसार सामाजिक विकास कार्यालयले खेलकुद सामग्री उपलब्ध गराएकाे हाे । कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री प्राप्त भएपछि नियमित खेल खेल्न सहज हुने भएकाे छ ।