
आइपिएल– २०२५ को प्लेअफबाट गुजरात बाहिरिँदा मुम्बई क्वालिफायरमा पुगेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको मुम्बईले २२९ रनको लक्ष्य पेस गरेको थियो। गुजरातले २०८ रन मात्र बनाएपछि ऊ प्रतियोगिताबाट बाहिरिएको हो।
अब फाइनल यात्राका लागि मुम्बईले पन्जाबको सामना गर्नेछ ।
यसअघि बेंग्लोर फाइनलमा पुगिसकेको छ।