१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २३ आइतबार २२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभामुखले भने - सांसद कोइरीबारे आगामी अधिवेशनमा कानुन बमोजिम हुनेछ

चालु अधिवेशनको अन्तिम बैठक

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:२२:oo

सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने बताएका छन् । 

संघीय संसदको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले भने, ‘सांसद लक्ष्मी महतो कोइरीको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराउँदछु ।’ 

कोइरीको विषयले आज पटकपटक बैठक प्रभावित भएको थियो । बैठकमा सांसदहरूबीच सांसद कोइरीको विषयलाई लिएर चर्काचर्की भएको थियो । बैठकमा सभामुख घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

सभामुखले कोइरी मिति २०७९ माघ २५ देखि २०८० वैशाख १५ सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए । सभामुखको कुरामा विरोध जनाउँदै सांसदहरूले बैठक अवरोध गरेपछि बैठक ३० मिनेटका लागि स्थगन गरिएको थियो । 

तर सो बैठक बेलुकी पौने दश बजे मात्रै चलेको हो । बैठकमा सभामुख घिमिरेले चालु अधिवेशनको अवधिमा भए गरेका कार्यप्रगतिबारे जानकारी गराए । 

राष्ट्रपतिबाट सरकारको सिफारिसमा आजै मध्यरातबाट संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदैछ । त्यसअघि सभामुखले चालु अधिवेशनको कार्यप्रगति सार्वजनिक गरेका हुन् । 

ad
ad