मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीआतंक नियन्त्रणका लागि आगामी बजेटमा व्यवस्था गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १४:४३:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्तीआतंक नियन्त्रण हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भीमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्तीआतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे। उनले मेची नदीको तटबन्ध निर्माण गर्न विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।