मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o८o बैशाख ८ शुक्रबार ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार ११:५o:oo

प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँसीको अवसर पारेर लगानी व्यवस्थापनको विशेष अफर ल्याएको छ । कम्पनीले आमाको सम्मानस्वरूप सञ्चालन गरिएको लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत रहने अफर ल्याएको हो । 

‘मायास्वरूप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ ल्याइएको यो अफर वैशाख महिनासम्म सञ्चालनमा रहने जनाइएको छ । अफरमा रहेको निःशुल्क वार्षिक सेवा लिन तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन यो अवधिभित्र व्यवस्थापन सेवामा आबद्ध भइसक्नुपर्ने कम्पनीको भनाइ छ ।

ग्राहकले तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्ने जनाइएको छ । ग्राहकले नगद, आफ्नो सेयर पोर्टफोलियो अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्ने जनाइएको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक  अनलाइनबाटै पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था छ ।