१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Thursday, 04 July, 2024
२o८o बैशाख ८ शुक्रबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बिक्री सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार ११:o४:oo

सिटिजन्स क्यापिटलको सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फन्ड बिक्री सुरु भएको छ ।  योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाइ १० रुपैयाँ दरको १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम एक करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरी बाँकी आठ करोड ५० लाख इकाइ सर्वसाधारणमा सार्वजनिक निष्कासन सुरु गरेको हो ।  

यो इकाइ बिक्री अवधि छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २० गतेसम्मका लागि तोकिएको छ । मागबमोजिम आवेदन प्राप्त भएमा छिटो अवधि वैशाख १० गतेभित्र मात्र उक्त इकाइ बिक्रीमा रहने सिटिजन क्यापिटलले जनाएको छ । लगानीकर्ताले यो इकाइ खरिदका लागि न्यूनतम एक सय कित्तादेखि अधिकतम एक करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । 

सिटिजन्स  क्यापिटलका सिइओ सबिर बादे श्रेष्ठ भन्छन् ‘हामीसँग अनुभवी र सक्षम व्यवस्थापन टिम छ । यो अन्य म्युचुअल फन्डभन्दा फरक छ र एक वर्षभित्रै लाभांश बाँड्ने अवस्थामा पुग्छौँ । उत्कृष्ट ३० स्टकहरूमा मात्र लगानी गर्ने हाम्रो योजना रहेको छ ।’

बन्दमुखी प्रकृतिको यो योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाइ बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्व हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्वपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाइधनीलाई समानुपातिक हिसाबले वितरण गरिने सिटिजन क्यापिटका सिइओ सबिर बादे श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो अन्य म्युचुअल फन्डभन्दा फरक छ, उत्कृष्ट ३० स्टकहरूमा मात्र लगानी गरिने हुनाले यसले छोटो समयमै लाभांश दिन सक्ने क्षमता राख्छ ।’

योजना व्यवस्थापकसँगै इकाइ बिक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । बिक्री प्रबन्धकसँगै इकाइ खरिदका लागि सिआस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । 

ad
ad
ad
ad