१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना दिवसमा शास्त्रीय संगीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४२:oo

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३औँ स्थापना दिवस काठमाडौंमा मनाइएको छ । काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार भारतीय दूतावासमा स्थापना दिवस मनाएको हो ।

दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र प्रमुख डा. आशावरी वापट, सांस्कृतिक संस्थान प्रमुख अशोक प्यासी राई, नेपाली अभिनेतात्रय पुष्प खड्का, नरेन खड्का, प्रकाश शाहलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोसिपमार्फत आइसिसिआरले भारत र नेपालका जनताबीच मित्रभावको निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरूले विभिन्न शास्त्रीय राग झल्किने सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । 

ad
ad