मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Wednesday, 05 February, 2025
२o८o बैशाख ६ बुधबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकका ग्राहकलाई सामसङ मोबाइल किन्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १o:१९:oo

 नबिल बैंकका ग्राहकले सामसङ मोबाइल खरिद गर्दा क्यासब्याक पाउने भएका छन् । ग्राहकलाई क्यासब्याक दिने सम्झौतामा बैंक र सामसङबीच सम्झौता भएको हो । 

स्मार्ट फोन सामसङले हालै मात्र बजारमा उपलब्ध गराएका ए सिरिज मोडलका दुईवटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको खरिदमा सीमित समयका लागि योजना सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार यी दुई मोडलका मोबाइल नबिल बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक पाउने उल्लेख छ । 

सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी मोडलहरूमा आकर्षक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्रीजडित रहेको उल्लेख छ । यी मोडलहरू आकर्षक डिजाइन तथा विविध रङहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।