१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Wednesday, 26 June, 2024
मंगलबार काठमाडौं–तराई द्रुतमार्ग अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार o९:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं–तराई द्रुतमार्ग : हालसम्म भौतिक प्रगति २२ र वित्तीय प्रगति २३ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार o९:२९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । आयोजनाको म्याद दुई वर्षका लागि (०८१ देखि ०८३ सम्म) थप्न जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव पठाएका वेला प्रधानमन्त्री प्रचण्डले मंगलबार आयोजनाको स्थलगत भ्रमण गरेका छन् । 

प्रचण्डसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाललगायतले स्थलगत भ्रमणमा गएका थिए । 

२ जेठ ०७८ मा ठेक्का सम्झौता सम्पन्‍न भई निर्माण सुरु भएको आयोजनाको हालसम्मको भौतिक प्रगति २२.४४ प्रतिशत र वित्तीय प्रगति करिब २३ प्रतिशत रहेको सेनाले जनाएको छ । ठेक्का सम्झौता हुन बाँकी खण्डहरूको चालू आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता गरिसक्ने जानकारी सेनाले प्रधानमन्त्री नेतृत्वको टोलीलाई दिएको छ । कुल ११ खण्डमा विभाजित द्रतमार्गको खण्ड आठदेखि ११ सम्म ठेक्का लगाउन बाँकी छ । फेज ११ अन्तर्गत खोकनामा जग्गा अधिग्रहणको काम हुन सकेको छैन ।

सेनाले आयोजनाको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो । प्रधानमन्त्री तथा मन्त्रीहरूले महादेवटार सुरुङमार्ग तथा लेनडाँडा सुरुङमार्गका प्रवेश तथा निर्माणाधीन सडक तथा पुलको भ्रमण गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक परिमार्जनसहित उच्च गुणस्तरको निर्माण कार्य सम्पन्‍न गर्न विद्यमान सम्पूर्ण समस्याहरूको समाधान गर्न सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आयोजनाको हालसम्मको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आयोजनाको कार्यान्वयनमा संलग्न सकलदर्जालाई धन्यवाद दिएको सेनाले जनाएको छ । प्रचण्डले उच्च हौसलाका साथ राष्ट्रिय गौरवको यस आयोजनालाई सम्पन्न गर्न पनि आह्वान गरेका थिए । 

भ्रमण दललाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै आयोजना कार्यान्वयनका दौरान सरकारबाट प्राप्त सहयोग एवं नेपाली सेनामाथिको भरोसाका लागि आभार प्रकट गरेका थिए । उनले द्रुतमार्ग आयोजनाका सामु विद्यमान जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्यांकनको बाँकी कार्यलगायतका चुनौतीको सम्बोधन हुने अवधिले समग्र आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्ने बताए । सम्बन्धित निकायहरूको सहयोग जुटाई आयोजना पूरा गर्न नेपाली सेना तयार रहेको उनको भनाइ थियो । 
 

ad
ad
ad
ad