मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ४ सोमबार o९:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीलाई ऋचा स्मृति क्रिकेट उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार o९:२१:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लबले आइतबार प्रथम ऋचा स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको फाइनलमा एनबिएससीलाई ६ विकेटले हराउँदै आर्मीले ट्रफी उचालेको हो । आर्मीले एक लाख ५० हजार र उपविजेता एनबिएससीले ७५ हजार रुपैयाँ पाएका छन् । एमबी समूह डडेलधुराका दीपक बोहरा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले समग्रमा प्रतियोगिताभरि एक सय १५ रन बनाएका थिए । 

दिल्ली युनाइटेडका साकेत केडिया प्लेयर अफ सिरिज भए । प्रतियोगिता केडियाले एक सय ५ रन बनाउनुका साथै चार विकेट लिएका थिए । केडियाले ५० हजार मूल्यबराबरको क्रिकेट किट्स पाएका छन् । आर्मीका जितेन्द्र मुखिया उत्कृष्ट बलर ठहरिए । फाइनलमा एनबिएससीले एक सय ११ रनको लक्ष्य आर्मीलाई दिएको थियो । आर्मीले ११.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

आर्मीको जितमा सन्दीप रजालीले विस्फोटक रूपमा ४६ रनको योगदान दिए । उनले २० बलमा तीन छक्का र पाँच चौका प्रहार गरेका थिए । उनी फाइनलका म्यान अफ दी म्याच भएका थिए । आर्मीका बासिर अहमदले १८ बलमा दुई चौका हिर्काउँदै १८ रन बनाए । बलिङमा एनबिएससीका चार बलरले समान एक विकेट हात पारे । 

राजनिशको अर्धशतक इनिङ्स
यसअघि ब्याटिङ गरेको एनबिएससीले १७.२ ओभरमा सबै विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एनबिएससीका कुमार राजनिशले ५० रनको अर्धशतकीय योगदान दिएका थिए । उनले ३३ बलमा दुई छक्का र सात चौका प्रहार गरे ।

अनुभव श्रीवास्तवले १४ बलमा ११ रन बनाए । उपविजेता टोलीका अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाएनन् । आर्मीका विक्रम सोबले घातक बलिङ गर्दै २२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । हरि चौहान र सुमित श्रेष्ठले समान दुई विकेट लिए । विजयी खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कृत गरे । २७ चैतदेखि चलेको प्रतियोगितामा तीन विभागीय र अन्य आठ टोलीले प्रतिस्पर्धा गरेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।