मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३ आइतबार १५:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३ आइतबार १५:३७:००

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई विभिन्न सहयोग गरेको छ। 

बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिका– ३२ सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ। शाखाका प्रमुख विकाश रावलले टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामग्री हस्तान्तरण गरेका थिए।

त्यसैगरी, बैंकको वीरगन्ज शाखाले अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्यांकी तथा डस्टबिन हस्तान्तरण गरेको छ। शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।

बैंकको बिचबजार, धादिङ शाखाले पनि नीलकण्ठ नगरपालिका– ७ मा अवस्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत गरिब तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकामध्येबाट गरिब तथा जेहेनदार पाँच विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । शाखाका प्रमुख खिलप्रसाद सिलवालले प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई छात्रवृत्तिबराबरको रकमको चेक हस्तान्तरण गरेका हुन्।