
डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवन डिआरएन टावर सञ्चालनमा आएको छ । नेपालका प्रतिष्ठित व्यावसायिक समूहले निर्माण गरेको सुविधासम्पन्न कम्प्लेक्समा २६ वटा युनिटमध्ये १० वटा बिक्री भइसकेका छन् । उद्घाटनका अवसरमा पसलकवल किन्नेलाई १० प्रतिशत छुट दिइएको जनाएको छ । कम्पनीका अनुसार कम्प्लेक्समा रहेको पसल भाडामा पनि लिन सकिन्छ । कम्प्लेक्समा एक सय २३ देखि ११ सय स्क्वायर फिटसम्मका सटरहरू रहेका छन् ।
काठमाडौंको मुटुमा अत्याधुनिक कम्प्लेक्स निर्माण गरेर सुलभ मूल्यमा बिक्री गरिरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष एवं डिआरएन इन्टरनेसनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए । उनले भने, ‘हामीले गुणस्तरमा कुनै सम्झौता नगरी कम्प्लेक्स निर्माण गरेका छौँ ।’
श्रेष्ठ रञ्जना ट्रेड सेन्टरका समेत संस्थापक लगानीकर्तामध्ये एक हुन् । कम्प्लेक्सनजिकै ४२ रोपनी क्षेत्रफलमा पार्किङसहित धरहरा र आधुनिक पार्क निर्माणाधीन रहेकाले समेत यो आकर्षक रहेको कम्पनीको दाबी छ ।
कम्प्लेक्स निर्माण गर्दा उच्चस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर १० रेक्टरसम्मको भूकम्प आउँदा कुनै समस्या नहुने श्रेष्ठको जिकिर छ । कम्पनीका अनुसार २४सै घन्टा सुरक्षा, लिफ्ट, एयरकन्डिसन र फायर फाइटिङ सिस्टम रहेको छ । कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरू राखेको छ ।