मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३ आइतबार o९:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोहित र पर्सिकबीच सम्झौता नवीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार o९:३८:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द ठकुरीले इन्डोनेसियाको लिग वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिक र रोहित दुवैले सामाजिक सञ्जालमार्फत नयाँ सिजन २०२३–०२४ का लागि सम्झौता नवीकरण भएको जनाएका हुन् ।

‘सन् २०२४ सम्म क्लबमै रहने निर्णय गरेको छु,’ रोहितले लेखेका छन् । पर्सिकले लिगमा सँगै रहने हुँदा खुसी व्यक्त गरेको छ । ‘हामी फेरि सँगै रहने भएका छौँ,’ क्लबले भनेको छ । ‘यो सिजनका लागि धन्यवाद, आगामी सिजनसमेत क्लबसँगै रहेर प्रतिस्पर्धा गर्नेछौँ ।’

सम्झौता नवीकरणसँगै ३१ वर्षीय रोहितले लगातार दोस्रो सिजन पर्सिकबाट खेल्ने भएका छन् । रोहित गत वर्ष पर्सिकमा अनुबन्धित भएका थिए । लिगको सुरुवाती आठ खेलसम्म रेलिगेसन क्षेत्रमा रहेको पर्सिक पुनरागमन गर्दै लयमा फर्किएको थियो ।

३४ खेलमा १२ जित, आठ बराबरी र १४ हार बेहोरेको पर्सिक ४४ अंक जोड्दै ११औँ स्थानमा रह्यो । त्यसअघि, रोहितले पाँच वर्ष पर्सिजा जकार्तामा बिताएका थिए । क्लबले उपाधिसमेत जितेको थियो । रोहितले पिएसपिएस पेकान्बारूबाट खेल्दै इन्डोनियाको यात्रा सुरु गरेका हुन् । रोहितको महत्वपूर्ण प्रदर्शनमा नेपालले भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपको उपाधि जितेको थियो ।