१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०८० बैशाख २ शनिबार १७:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापका ८ स्थानीय तहको बेरुजु ३७ करोड ७९ लाख

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० बैशाख २ शनिबार १७:१८:००

रामेछापका आठ स्थानीय तहमा बेरुजु रकम वर्षेनी वृद्धि हुुँदै गएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लाका ८ स्थानीय तहमा मात्रै ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ बेरुजु देखिएको छ।

महालेखा परीक्षकको कार्यालयको ६०औँ प्रतिवेदनअनुसार गत आवमा जिल्लाका स्थानीय तहको अन्तिम लेखा परीक्षणमा उक्त बेरुजु निस्किएको हो। रामेछापको २ नगरपालिका र ६ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकाको रहेको छ। आर्थिक वर्ष ०७८/७९ मा ९ करोड २९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ। यसअघि आव ०७७/७८ मा खाँडादेवीको बेरुजु ५ करोड ६७ लाख ४ हजार रुपैयाँ थियो। यो वर्ष खाँडादेवीमा करिब ४ करोड रुपैयाँ बेरुजु रकम बढेको हो।

त्यस्तै, सबैभन्दा कम बेरुजु रामेछाप नगरपालिकामा रहेको छ। रामेछाप नगरपालिकाको चालू आर्थिक वर्षमा ७२ लाख ८३ हजार रुपैयाँ बेरुजु रकम रहेको छ। आर्थिक वर्ष ०७७/७८ मा यो रकम एक करोड ५१ लाख ६० हजार रुपैयाँ थियो।

त्यसैगरी, गोकुलगंगा गाउँपालिकामा पनि बेरुजु रकम बढेको छ। चालू आर्थिक वर्ष ०७८/७९ मा ५ करोड ६९ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा उक्त कार्यालयको बेरुजु ४ करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो। लिखु तामाकोसी गाउँपालिकामा पनि बेरुजु रकम बढेको छ। आर्थिक वर्ष ०७७/७८ मा ४ करोेड १७ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको उक्त पालिकामा चालू आर्थिक वर्षमा ४ करोड ९३ लाख ८ हजार रुपैयाँ पुगेको हो।


सुनापती गाउँपालिमा आर्थिक वर्ष ०७७/७८ मा ६७ लाख ८५ हजार रुपैयाँ रहेको बेरुजु आव ०७८/७९ मा एकैपटक ४ करोड ७९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। दोरम्बा शैलुङ गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा १ करोड ७४ लाख ३२ हजार रहेकोमा चालू आवमा ४ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, उमाकुण्ड गाउँपालिकामा पनि बेरुजु रकम २ करोड ४७ लाख ९१ हजार रुपैयाँ पुगेको छ। मन्थली नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष ०७७/७८ मा ३ करोड ४३ लाख ६० हजार रुपैयाँ रहेकोमा ०७८/७९ मा ५ करोड २० लाख ५८ हजार रुपैयाँ पुगेको छ।