Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३० बिहीबार ०८:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभिन्न संस्थालाई महालक्ष्मी विकासको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३० बिहीबार ०८:४३:००

महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ । बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोग गरेका हुन् । बैंकको टीकापुर शाखाले टीकापुर नगरपालिकाको जालवादेवी सेवा समितिलाई आठ थान सिसिक्यामेरा हस्तान्तरण गरेको जनाइएको छ ।

मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरीलगायतका अपराध रोक्ने तथा अन्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र टीकापुर नगरपालिका वडा नम्बर– १ का वडाध्यक्ष मोहन विकले संयुक्त रूपमा जालवादेवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई सामग्री हस्तान्तरण गरेको जनाइएको छ । 

त्यस्तै, महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेको जनाएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि सहयोग गरेको जनाइएको छ । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले संयुक्त रूपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेको बैंकले उल्लेख गरेको छ । 

बैंकको डडेल्धुरा शाखाले पनि अमरगढी नगरपालिकाको उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको जनाएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरूको दैनिक आधारभूत आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको जनाइएको छ । बैंकको सुदूरपश्चिम प्रदेशका नायब प्रदेश प्रबन्धक तथा डडेल्धुरा शाखाका प्रमुख चेत पाण्डेले वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई समाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।