१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Monday, 01 July, 2024
भोजराज भण्डारी काठमाडाैं
२o७९ चैत ३० बिहीबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

महँगीमै बित्यो वर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार o७:२९:oo

०७९ मा दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्रीको मूल्य चर्को वृद्धि हुँदा उपभोक्ताले महँगीको मार खेप्नुपरेको छ । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, कोरोनाको प्रभाव, रुस र युक्रेनबीचको युद्ध, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायतका कारणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न पुगेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । 

उनका अनुसार यस जर्ष विगतको तुलनामा समग्रमा २५ देखि ३० प्रतिशतले खाद्यान्नलगायतमा मूल्य बढेको छ । उनले भने, ‘विशेषगरी, रुस र युक्रेन युद्धको प्रभावले बजारलाई एकाएक महँगी सिर्जना गरायो, आर्थिक मन्दीलगायत कारण पनि थपियो ।’

एक वर्षमा सबैभन्दा धेरै घिउ–तेलको मूल्य बढेको छ । अघिल्लो वर्ष नौ सय रुपैयाँ प्रतिकिलो रहेकोमा वर्षको अत्यसम्म आइपुग्दा घिउ १३ सय पुगेको छ । त्यस्तै काँचो तोरीको तेल लिटरमै ८० रुपैयाँले बढेको छ । अघिल्लो वर्ष लिटरको दुई सय ७० रुपैयाँ रहेको तेल अहिले तीन सय ५० प्रतिलिटर पुगेको छ । त्यस्तै, चामलमा पनि उत्तिकै मूल्य बढेको छ । गत वर्षको तुलनामा त्रिशूली पोखरेली चामल मूल्य किलोमै २० रुपैयाँले बढेको छ । 

अघिल्लो वर्ष प्रतिकिलो ८५ रुपैयाँमा पाइने चामल अहिले  १०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मैदामा २० रुपैयाँले बढेको छ भने दूधको मूल्य गत वर्षको भन्दा ११ रुपैयाँ बढाइएको छ । व्यापारीहरूले मनलाग्दी रूपमा मूल्य निर्धारण गर्ने तथा सरकारको फितलो अनुगमनका कारण पनि उपभोक्ताले भारी मूल्यवृद्धिको सामना गर्नुपरेको उपभोक्ता अधिकारवादी ज्योति बानियाँले बताए । उनले भने ‘राज्य संयन्त्रले गर्ने अनुगमनको ढर्रा नै परिवर्तन भएन, सधैँ उस्तै तरिका र निर्देशन आदेशमै सीमित बन्यो, जसले गर्दा उपभोक्तामाथि व्यापारी हाबी भए ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले मूल्य बढ्नुको कारण एउटै नभएको पछिल्लो वर्षहरूको तुलनामा पक्कै पनि मूल्य बढेको बताए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रियस्तरमै बढेको मूल्यको असर नेपालमा परेपछि मूल्य पूरै रोक्न सक्दैनौँ, तर मूल्य बढाउने बहानामा गलत क्रियाकलाप भएको खण्डमा कारबाही गरेका छौँ ।’

ad
ad
ad
ad