१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अनेमसंघको अध्यक्षमा हमाल र महासचिवमा लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:५४:oo

अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा टुका हमाल निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न महाधिवेशनले हमाल अध्यक्ष रहेको दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । १७ सदस्यीय पदाधिकारीहरूमध्ये उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, रूक्मणी राना, मेनका पोखरेल, मेनुका काफ्ले पोखरेल र सुमित्रा बिसी चयन भएका छन् ।

त्यस्तै, महासचिवमा पेम्बा लामा र उपमहासचिव शान्ति अधिकारी निर्वाचित भएका छन् । सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवी पुन, विना ज्ञवाली, मीना रखाल, आशा विक र कोषाध्यक्षमा इन्दिरा फुँयाल निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वाचित हमाल यसअघि संघको गण्डकी प्रदेश संयोजक थिइन् भने महासचिव लामा सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख थिइन् । लामाले केन्द्रीय कमिटीको बैठकबाट स्थायी समिति गठन हुने र पाँच प्रतिशत केन्द्रीय सदस्यपछि मनोनीत गरिने बताइन् ।

गत २५ चैतमा एमाले अध्यक्ष केपी ओलीले संघको महाधिवेशन उद्घाटन गरेका थिए । ०६९ मा पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनपछि १० वर्षसम्म संघको महाधिवेशन भएको थिएन । छैटौँ महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्या भण्डारी संघको अध्यक्ष निर्वाचित भएकी थिइन् । 

ad
ad