मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २३ बिहीबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पैसा फिँजाएकाे भिडियो टिकटकमा पोस्ट गर्ने व्यक्ति प्रहरी निगरानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २३ बिहीबार १६:२९:००

ओछ्यानमा पैसा छरेकाे भिडियो टिकटकमा पोस्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरी बर्दिवास– १ घर भई ललितपुरको टीकाथली बस्ने सुलभ आचार्यलाई प्रहरीले सचेत गराई निगरानीमा रहने गरी छाडेकाे हाे।

आचार्यले केही समयअघि ओछ्यानमा पैसा फिँजाएकाे भिडियो टिकटकमा राखेका थिए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फी बुझाउन बैंकबाट निकालेको पैसा रमाइलोका लागि भिडियो बनाएर पाेस्ट गरेकाे पाइएकाे प्रहरीले जनाएको छ ।

उनले उक्त रकम एभरेस्ट बैंकबाट निकालेका थिए। आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने सर्तमा निगरानीमा रहने गरी सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।