मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Wednesday, 12 March, 2025
२o७९ चैत २१ मंगलबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी योजना तर्जुमाका लागि सांसद शाही निर्वाचन क्षेत्रमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १७:४६:oo

कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाही आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। जनताका समस्या, अघिल्लो आर्थिक वर्षमा भएका विकास योजनाको अनुगमन र आगामी योजना तर्जुमाका लागि शाही निर्वाचन क्षेत्रमा पुगेका हुन्।

छिमेकी जिल्ला जुम्ला हुँदै जगदुल्ला गाउँपालिकामा पुगेका शाहीले मंगलबार जगदुल्लामा मतदातालाई धन्यवाद दिनेलगायत बृहत् सर्वसाधारणसँग अन्तर्क्रिया गरेका छन्।

पछिल्लाे राजनीतिक फेरबदलका कारण सुर्खेत र काठमाडौंमै व्यस्त भएका कारण चुनावमा भारी दिएर जिताउने जनतालाई धन्यवाद दिनसमेत नपाएकाले आज जगदुल्लाबाट कार्यक्रम सुरु गरेको सांसद शाहीले बताए।

त्यति मात्र नभई व्यक्तिगत रूपमा योजना माग्ने परिपाटीको अन्त्य गर्नतिर लागेकाले आगामी आर्थिक वर्षका लागि नयाँ योजना तर्जुमाका विषयमा छलफलसमेत गर्न निर्वाचन क्षेत्रमा पुगेको उनको भनाइ छ।

‘अरूले सिफारिसमा गरेका योजनामा बजेट हालिँदैन, सम्बन्धित जनताबाट वा जिल्लास्थित पार्टीले निर्णय गरेपछि मात्र योजना दिन्छु, अझ त आफैँ स्थलगत अनुगमन गरेर जनताका वास्तविक समस्या पहिचान योजना दियो, जनताका आवश्यकता समेटिन्छन्,’ उनले भने।