Skip This
‘पानीमा भिजेको, चिसो खाएको नभनी कोभिडका लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बसौँ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘पानीमा भिजेको, चिसो खाएको नभनी कोभिडका लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बसौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १३:१६:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बस्न अनुरोध गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनेबित्तिकै परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो। 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ। कोभिड– १९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ।’ 

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड– १९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ। 

मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। कोभिड– १९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ। चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्र मण र सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ। 

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, वेलावेलामा साबुनपानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ। रासस