Skip This
देश अदृश्य शक्तिले चलाएको छ : महरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o७९ चैत १८ शनिबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देश अदृश्य शक्तिले चलाएको छ : महरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार १२:३o:oo

माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको बताएका छन्। शनिबार प्रेस सेन्टर नवलपुरको साधारणसभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले हाम्रै पार्टीका अध्यक्ष कमरेड प्रधानमन्त्री हुनुहुन्छ तर देश अरूले नै चलाएको छ,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनैजना नेताहरू देश नेपालकै राजनीतिक दलले चलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ तर त्यसो हुन सकिरहेको छैन।’

सरकारले जनताको पक्षमा काम गर्न नसकिरहेकाले पत्रकारहरूले खबरदारी गर्नुपर्नेमा प्रवक्ता महराले जोड दिए। अहिले देशमा बन्दुक नै उठाउने वेला नभए पनि बन्दुकजस्तै अर्को शक्तिशाली चिज ‘कलम’ उठाउनुपर्ने वेला भएको टिप्पणी गरे। पत्रकार सधैँ सरकारको प्रतिपक्ष हुने भएकाले सोहीअनुसार कलम चलाउन पनि उनले आग्रह गरे।