मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ११:४७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

टिनएजर्सलाई कुल देखाउने समर आउटफिट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ११:४७:००

गर्मी सुरु भएसँगै बजारमा नयाँ–नयाँ डिजाइनका कपडा आइसकेका छन् । हामीले बजारमा चलेको ट्रेन्डसँगै आफूलाई कम्फर्टेबल महसुस हुने कपडा छान्नु राम्रो हुन्छ । यो मौसममा मानिसको शरीरबाट धेरै पसिना बग्छ । कतिपयमा छाला चिलाउने, एलर्जी हुनेलगायत समस्या पनि देखिन्छ । त्यसैले जिउमा अति नै टाइट हुने कपडाले थप समस्या निम्त्याउन सक्छ । कटन, खादी, लिनेन, सिफन, रियनको हल्का लुज कपडाले आरामदायी महसुस गराउनुका साथै फेसनेबल पनि देखाउँछ । 

क्याजुअल : कुनै समय फिटिङका कपडा चल्थे । तर, आजकल क्याजुअल वेयरमा किशोरीहरूले ओभरसाइज फेसन गर्छन् । प्रायः किशोरीहरूले कोरियन ट्रेन्ड फलो गरिरहेका हुन्छन् । ओभरसाइज टाइपको टिसर्ट, ओभरसाइज सर्ट, ओभरसाइज जिन्स मन पराउँछन् । बेली बटन अहिले फेरि फेसनमा आएको छ । 

स्ट्रेट कट जिन्स : यो पनि अहिले चलिरहेको छ । किशोरीहरूले ओभरसाइज कोट–पाइन्ट पनि रुचाउँछन् । तर, चालिस कटिसकेका महिलालाई भने यस्तो फेसन त्यति सुहाउँदैन । 

पार्टीवेयर : पार्टीवेयरका लागि अलग ट्रेन्ड छ । पार्टीका लागि किशोरीहरूले बलिउड ट्रेन्ड पछ्याउँछन् । समरका लागि नाइट पार्टीमा मर्मेड गाउन, बल गाउन, एलाइन गाउन, रफल्ड गाउनलगायत चलेको छ । सारी र लेहेंगा पनि निकै चलेको छ । समरमा जर्जेट, नेट, सिल्क, लाइक्रालगायत फ्याब्रिकमा आफ्नो रुचिअनुसारका डिजाइन गरेर युवतीहरूले लगाउने गर्छन् । यी फ्याब्रिक हल्का हुने भएकाले पनि समरमा धेरै चल्छ । क्याजुअल वेयर रेडिमेड किन्ने भए पनि पार्टीवेयरका लागि धेरै युवती बुटिकमा जाने गर्छन् । बुटिकमा फेसन डिजाइनरले उनीहरूको रुचि र शरीरको वनावट हेरेर सुहाउँदो डिजाइन गर्ने गर्छन् । 

कुर्थी : कुर्थी पनि निकै चलेको छ । यसमा पनि बलिउड ट्रेन्ड बढी चल्छ । प्रायः कुर्थी भारतबाटै आउँछ । युवतीहरूले कटनको कुर्था जिन्समा लगाउन रुचाउँछन् । अफिसमा काम गर्नेहरूले पनि यस्तै कपडामा कम्फर्टेबल फिल गर्छन् । समरमा विशेषगरी लाइट कलर धेरै चल्छ । स्काई ब्लु, लाइट पिंक, लाइट अरेन्ज, लेभेन्जरलगायत कलरका कुर्थीमा धेरैलाई रुचि हुन्छ । किशोरीहरू सल नलगाई जिन्समा कटनका रेडिमेड कुर्थी लगाउन रुचाउँछन् । यसले उनीहरूलाई स्मार्ट देखाउँछ । 

स्कर्ट : स्कर्ट पनि क्याजुअल ड्रेसअप नै हो । समरमा कटनको लङ फ्रक (वान पिस वा टु पिस) धेरै चल्छ । कतिपय युवतीले बुटिकमै आएर आफ्नो डिजाइन अर्डर गर्छन् । स्कर्ट र फ्रक दुवै पश्चिमा डिजाइन हो । तर, पछिल्लो समय चाइनिज र कोरियन मोडलहरूलाई फलो गर्ने ट्रेन्ड धेरै चलेको छ । त्यसैले यी मोडलले लगाउने स्टाइलकै वेस्टर्न ड्रेस बढी चल्ने गरेको देखिन्छ । 

किशोरलाई मन पर्छ यस्ता डिजाइन
सिम्पल क्लासिकड्रेसिङ रुल फलो गर्दा युवाहरू स्मार्ट देखिन्छन् । कलर कम्बिनेसलाई उनीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ । समरमा विशेषगरी लाइट कलरकै कपडा चल्छ । कुनै वेला फिटिङ टिसर्ट, सर्ट चलेको थियो । अहिले युवाहरू ओभरसाइज सर्ट, लुज प्रिन्टेट सर्ट तथा बेगी जिन्स लगाउन रुचाउँछन् । तर, ओभरसाइज कपडामा मात्रै राम्रो देखिन्छ भन्ने होइन । रेगुलर क्याजुअल ड्रेसअपमा ओभरसाइज राम्रो देखिए पनि पार्टीवेयरमा फिटिङका कपडा नै चल्छन् । थ्री पिस सुट लगाउँदा फिटिङ कपडामा नै राम्रो देखिन्छ । 

फर्मल गेटअप गर्दा युवालाई सादा कलर नै सुहाउँछ । चम्किलो रातो, चम्किलो अरेन्ज वा स्काई ब्लु कपडा चुज गर्नु त्यति राम्रो देखिँदैन । पार्टीवेयरमा अहिले कुर्था–पाइजामा पनि चलेको छ । भेल्भेट फ्याब्रिकमा कोटमा इम्ब्रोइडरी गरेर लगाउने फेसन पनि छ । कुर्था–पाइजामा प्लेन फ्याब्रिकमा फिक्का देखिने भएकाले पनि चिकेन करी वा इम्ब्रोइडरी भएको कुर्था–पाइजामा लगाउँदा युवाहरू फेसनेबल देखिन्छन् ।