मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत १७ शुक्रबार ११:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावलले आत्मालोचना नगरे पार्टी अब चुप बस्दैन : पौडेल

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार ११:१६:००

भीम रावलले पार्टी अनुशासन उल्लंघन गरेकाले आत्मालोचना नगरे उनलाई कारबाही गरिने एमाले उपाध्यक्ष विष्णु पौडेलले चेतावनी दिएका छन् ।  धनगढीमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टीको निर्णय पनि नमान्ने र पार्टीको विरोधमा गतिविधि गरिराखे रावलविरुद्ध पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् । 

रावलले पार्टी निर्णय र अनुशासन उल्लंघनलाई निरन्तरता दिए तमासा हेरेर बस्न नसकिने उनको भनाइ छ । ‘भीम रावलजीले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टी अनुशासन उल्लंघन गर्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘पार्टीको सोच गल्ती स्वीकार गरेर आत्मालोचना गर्नोस्, पार्टीको नीति, विधि र महाधिवेशनबाट आएको नेतृत्वलाई मानेर जानोस्, पार्टीको निर्णय मानेर जानोस्, एउटा अनुशासित सदस्य भएर जानोस् भन्ने हो । तर, उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । पार्टीका निर्णयहरू उल्लंघन गर्दै हुनुहुन्छ ।’

‘गल्ती स्वीकार गर्नुहोस्, गल्तीप्रति आत्मालोचना गर्नुहोस्, अब गल्ती गर्दिनँ भनेर पार्टीप्रती प्रतिबद्वता जनाउनुहोस्, अनुशासित कार्यकर्ता भएर काममा फर्कनुस् भन्ने हो । तर, पार्टीको निर्णय पनि नमान्ने, पार्टीको विरोधमा गतिविधि गरिराख्ने गरेमा पार्टी चुप लागेर बस्ने भन्ने हुँदैन,’ उनले भने, 'गल्तीलाई निरन्तरता दिँदै गए पार्टीले उचित निर्णय लिन्छ, तमासा हेरेर बस्दैन । रावलको सन्दर्भमा एमाले अब धेरैबेर कुरेर बस्दैन ।’

पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा पौडेल सहभागी भएको साँफेबगरको कार्यक्रममा रावलको विरोध भएपछि केहीबेर कार्यक्रम बिथोलिएको थियो ।