मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार १०:३०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हिमाल हेर्न आमा याङ्ग्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार १०:३०:००

आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । ३,७७१ मिटर उचाइमा रहेको यो पिक काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्छ । आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ ।

यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाउँछन् ।

हेलम्बु प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो । यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । हेलम्बु भेगमा पल्चोकी भगवती माई पनि ठूलो धार्मिक आस्था रहेको स्थल हो । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ । 

कसरी पुग्ने ?
आमा याङ्ग्री जाने रुट धेरै छन् । तर, मुख्यतः दुई रुटबाट पर्यटक आमा याङ्ग्री जाने गर्छन् । 

पदयात्रा 
पहिलो दिन : काठमाडौंदेखि चिसापानी
दोस्रो दिन : चिसोपानीदेखि कुटुम्साङ
तेस्रो दिन : कुटुम्साङबाट ठाडेपाटी
चौथो दिन : ठाडेपाटीबाट मिलाम्छिम घ्याङ हुँदै तार्केघ्याङ
पाँचौँ दिन : तार्केघ्याङबाट ज्योमोथाङ हुँदै आमा याङ्ग्री दर्शन गरी ज्योमोथाङ 
छैटौँ दिन : ज्योमोथाङबाट सेर्माथाङ
सातौँ दिन : सेर्माथाङबाट गुरु रिन्पोछे स्तुपा, तिम्बु हुँदै काठमाडौं (ड्राइभ)

जिप वा मोटरसाइकलमार्फत

पहिलो दिन : काठमाडौंदेखि मेलम्ची, तिम्बु हुँदै ज्योमोथाङसम्म (ड्राइभ)
दोस्रो दिन : बिहानै आमा याङग्रीसम्म पदयात्रा गरी ज्योमोथाङ हुँदै सेर्माथाङ (पदयात्रा वा ड्राइभ)
तेस्रो दिन : सेर्माथाङबाट गुरु रिन्पोछे स्तुपा, तिम्बु हुँदै काठमाडौं (ड्राइभ)