मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चितवन र बारामा मतदाता बढे, तनहुँमा घटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १०:१०:००

निर्वाचन आयोगले गरेको पछिल्लो अद्यावधिकपछि मुलुकमा कुल मतदाता एक करोड ८० लाख एक हजार ५६६ पुगेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । बिहीबारसम्म स्वीकृत अन्तिम नामावलीमा १२ हजार ९९६ मतदाता थपिएका छन् । 

चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा एक लाख २४ हजार ६९५ मतदाता पुगेका छन् । यसअघि एक लाख २४ लाख २१५ मतदाता रहेकोमा चार सय ७० जना थपिएका हुन् । बाराको क्षेत्र नम्बर २ मा पनि  मतदाता थपिएका छन् । यसअघि एक लाख पाँच हजार ११ मतदाता रहेकोमा दुई सय ३७ जना थपिएर एक लाख पाँच हजार २२८ पुगेको छ ।

तनहुँ १ मा भने मतदाता घटेका छन् । ४ मंसिरको निर्वाचनसम्ममा एक लाख २३ हजार ४९० मतदाता रहेकोमा अहिले एक सय ८५ जना घटेर एक लाख २३ हजार ३०५ भएको छ । चितवन २, बारा २ तथा तनहुँ १ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि चितवन २ मा ४३ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकिएका छन् । बारा २ मा ८२ मतदानस्थलमा १३७ तथा तनहुँ १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकेको छ । न्यायपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी चितवन २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरिएको आयोगले जनाएको छ ।