१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १०:३१:००

सानिमा बैंकले सबै शाखाहरूबाट ग्लोबल मनी विक अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक कर्मचारीलाई तीनदिने भर्चुअल तालिम दिँदै वित्तीय साक्षरता कार्यक्रम र यसको उपादेयता तथा उद्देश्यका बारेमा जानकारी दिएर देशका सबै शाखामार्फत कार्यक्रम आयोजना गरेको हो । 

वित्तीय साक्षरताअन्तर्गत देशभरिका शाखाहरूमार्फत छनोट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

विगतका वर्षहरूदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदायलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको बैंकले उल्लेख गरेको छ । हाल बैंकले देशका सातै प्रदेशमा एक सय ३० कार्यालय र एक सय २३ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।