भ्रष्टाचारको रकममा पूर्वराष्ट्रपतिपुत्री गुल्नाराको ‘साम्राज्य’

उज्वेकिस्तानकी पूर्वराष्ट्रपतिपुत्री तथा पप स्टार गुल्नारा करिमोभाले हङकङदेखि बेलायतसम्मको सम्पत्तिमा साढे २४ करोड डलर खर्च गरेकी छिन्

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

उज्वेकिस्तानका राष्ट्रपतिकी छोरी तथा पप स्टार गुल्नारा करिमोभाले हङकङदेखि बेलायतसम्मको सम्पत्तिमा साढे २४ करोड अमेरिकी डलर खर्च गरेको तथ्य भेटिएको छ । फ्रिडम फर युरेसियाको अध्ययनअनुसार गुल्नाराले भ्रष्टाचारबाट आर्जित अवैध रकम निजी विमान र घर खरिद गर्न बेलायतका कम्पनी प्रयोग गरेकी हुन् । साथै, उनले लन्डनस्थित लेखापाल फर्म र ब्रिटिस भर्जिन आइसल्यान्डमा बेलायका कम्पनीका लागि पनि काम गरेको अध्ययनले देखाएको छ । वैधानिक सम्पत्तिसँग जुध्ने बेलायतको कोसिसबीच यो तथ्य बाहिर आएको छ । 

धनलाई वैधानिकता दिँदै बेलायतको प्रोपर्टी प्रयोग गरी विदेश लैजानबाट रोक्न नसकेको भनी लामो समयदेखि बेलायती अधिकारीको आलोचना हुँदै आइरहेको थियो । अध्ययनअनुसार गुल्नाराले प्राप्त गरेको बेलायती सम्पत्ति सरोकारको विषय हो । 

उनीसँग जोडिएका कम्पनीका लागि काम गर्नेहरूलाई त्यससँग कुनै सम्बन्धबारे थाहा थिएन, न त धनको स्रोत नै सन्दिग्ध हुन सक्थ्यो । बेलायतका ती सेवा प्रदान गर्ने कुनै पनि व्यक्तिमाथि छानबिन या जरिवाना नतोकिएको रिपोर्टमा उल्लेख छ । 

गुल्नाराका पिता इस्लाम करिमोभले सन् १९८९ देखि सन् २०१६ (मृत्युपर्यन्त) सम्म उज्वेकिस्तानमा शासन गरे । एक समयमा गुल्नारालाई उनका पिताको उत्तराधिकारीका रूपमा समेत हेरिएको थियो । पछि उनी ‘गुगुसा’ नामक मञ्चको अगुवाइमा पप भिडियोमा देखिन थालिन् । ज्वेलेरी कम्पनी सञ्चालन गरिन् र स्पेनका लागि राजदूतसमेत भएर काम गरिन् । 

फ्रिडम फर युरेसियाको अध्ययनअनुसार गुल्नाराले भ्रष्टाचारबाट आर्जित अवैध रकम निजी विमान र घर खरिद गर्न बेलायतका कम्पनी प्रयोग गरेकी हुन् 

तर, सन् २०१४ मा उनी सार्वजनिक वृत्तबाट हराइन् । पछि थाहा भयो, उनलाई भ्रष्टाचार गरेको आरोपमा हिरासतमा लिइएको छ । यद्यपि उनका पिता अझै पनि सत्तामा थिए, जबकि डिसेम्बरलाई २०१७ मा उनलाई अदालतले सजाय सुनाएको थियो । तर, त्यसको दुई वर्षपछि अर्थात् सन् २०१९ मा संसद्को पक्राउ आदेश उल्लंघन गरेको आरोपमा जेल चलान भइन् । वादी पक्षले उनी आपराधिक समूहको सदस्य भएको र सो समूहले बेलायत, रुसलगायतका १२ वटा देशमा एक खर्ब डलरबराबरको सम्पत्ति नियन्त्रण गरेको आरोप थियो । ‘गुल्नाराको मुद्दा अहिलेसम्मकै ठूलो घुसघोर र भ्रष्टाचारमध्येको एक हो,’ फ्रिडम फर युरेसिया शोधका शोधकर्ता तथा युनिभर्सिटी अफ अक्सफोर्डका रिचर्स फेलो टोम मेनी बताउँछन् । 

यद्यपि, गुल्नारा र उनीसँग जोडिएकाहरूले कथित रूपमा भ्रष्टाचारको कालो धनले किनेको केही सम्पत्ति पहिल्यै बेचिसकेको पाइएको छ । रिपोर्टका अनुसार घरजग्गा र सम्पत्तिको दर्ता विवरण हेर्दा १४ वटा प्रोपर्टी उनी पक्राउ पर्नुअघि खरिद गरेको देखिन्छ । अवैध रकमले किनेको यस्तो सम्पत्ति बेलायत, स्विट्जरल्यान्ड, फ्रान्स, दुबई र हङकङजस्ता सहरमा छन् । यो रिपोर्ट गुल्नाराले बेलायत र त्यसको वरिपरि करिब सवा ६ करोड अमेरिकी डलरबराबरमा खरिद गरेका पाँचवटा प्रोपर्टीमा केन्द्रित छ ।

यसमा बकिंघम प्यालेसको पश्चिमपट्टि बेल्ग्राभियामा रहेका तीनवटा फ्ल्याट, मेफेयरस्थित बंगला र दुई करोड २० लाख डलरबराबरको निजी नौकाविहारसहितको सूर्य मनोर हाउस पनि छन् । गुल्नारालाई हिरासतमा लिनुअघि नै सन् २०१३ मा बेल्ग्राभियास्थित दुईवटा फ्ल्याट बेचिएको थियो । यस्तै, सन् २०१७ मा मेफेयरस्थित बंगला, सूर्य बंगला र बेल्ग्राभियास्थित तेस्रो फ्ल्याट ‘सिरियस फ्रड अफिस’ले बन्द गरिदिएको थियो । 

फ्रिडम फर युरेसिया रिपोर्टले लन्डन र ब्रिटिस भर्जिनिया आइसल्यान्डमा रहेका फर्मको पनि नाम लिएको छ । रिपोर्टको दाबी छ, गुल्नारा या उनका सहयोगीद्वारा प्रयोग गरिएको थियो, ताकि उनीहरू सम्पत्तिका साथसाथै निजी जेटलाइनमा भ्रष्टाचारको सम्पत्ति उपयोग गर्न सकियोस् । गुल्नाराको ब्वाइफ्रेन्ड रस्तम मधुमारोभ र अन्य, जो अहिले उनका सहयोगी भएको आरोप लगाइएको छ, उनीहरूलाई आधिकारिक कागजपत्रमा लाभग्राहीका रूपमा सूचीकृत गरिएको थियो । तर, रिपोर्टका अनुसार उनीहरू केवल गुल्नाराका प्रतिनिधि मात्रै थिए । उनीहरूले करोडौँ डलर अवैध रकम प्राप्तिका लागि फर्मको प्रयोग गरेका थिए । 

गुल्नारासँग जोडिएका बेलायतका दुई कम्पनी प्यानली लिमिटेड र ओडेन्टन म्यानेजमेन्ट लिमिटेको लेखापाल सेवाले एसएच ल्यान्डेस एलएलपी फर्मद्वारा प्रदान गरिएको हो । तर, यही फर्म पहिले लन्डनमा न्यु अक्सफोर्ड स्ट्रिमा थियो । सन् २०१० को जुलाई अन्त्यतिर एसएच ल्यान्डेसले दर्ता गर्न या कुनै अन्य कम्पनीलाई अधिग्रहण गर्ने कोसिस ग¥यो । यसको उद्देश्य भनेको चार करोड डलरबराबरको निजी जेट किन्नलाई थियो । त्यसमा रस्तमलाई लाभग्राहीका रूपमा उल्लेख गरिएको थियो । तर, रिपोर्टका अनुसार यसको खरिदबिक्रीमा गुल्नाराकै हात थियो ।

आयस्रोतबारे एसएच ल्यान्डेसलाई सोध्दा उनले यो अवस्थामा रस्तमको सम्पत्तिबारे बोल्नु ठीक नभएको बताए । किनकि, जेट खरिद गर्न आवश्यक पर्ने रकम रस्तमको व्यक्तिगत कमाइको थिएन । पछि लन्डनस्थित एक फर्मले रस्तमको सम्पत्ति उज्दोनरोबिता, उज्वेकिस्तानमा रहेको मोबाइल फोन कम्पनीबाट आएको बतायो । तर, गुल्नारासँगको कम्पनीको सम्बन्धबारे प्रश्न उठिसकेको थियो । सन् २००४ मा मस्को टाइम्सले गुल्नाराले उज्दोनरोबिताबाट नक्कली बिलबीजक प्रयोग गरी करिब दुई करोड डलर भ्रष्टाचार गरेको लेखेको थियो । यसबारे एकजना पूर्वसल्लाहकारले गुल्नाराले धम्की दिएर रकम मागेको आरोप लगाएका थिए । 

सुझावित समाचार