१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफ तेस्रोपटक फाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:११:oo

विभागीय टोली एपिएफ क्लबले ललितपुर मेयर राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रोपटक फाइनल स्थान बनाएको छ । शनिबार भएको खेलमा कोसी प्रदेशलाई सात विकेटले हराउँदै एपिएफ एक खेलअघि नै उपाधिनजिक पुगेको हो । जारी प्रतियोगितामा तेस्रो खेलसम्म एपिएफ अपराजित छ । जितपछि एपिएफ तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको कोसीको दुई खेलबाट दुई अंक छ । सुदूरपश्चिमको तीन खेलबाट चार अंक छ ।

सुदूरपश्चिम र कोसी प्रदेश फाइनल प्रवेशको दौडमा छन् । लतिपुर मेयर ११ र मधेस प्रदेशले खाता खोल्न सकेका छैनन् । तेस्रोपटक फाइनल पुगेसँगै एपिएफ उपाधि ह्याट्रिक गर्ने दाउमा छ । अघिल्ला दुई सिजन नै एपिएफले उपाधि जितेको थियो । दुवै फाइनल खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गरेको थियो । 

सीताको लगातार कप्तानी इनिङ्स
कप्तान सीता रानामगरले लगातार तेस्रो खेलमा प्लेयर अफ दी म्याच इनिङ्स खेलेकी छिन् । सीताको उत्कृष्ट प्रदर्शनसँगै एपिएफ प्रतियोगितामा अपराजित छ । तेस्रो खेलमा समेत सीताले अलराउन्डर इनिङ्स खेल्न सफल भइन् । कोसीविरुद्ध सीताले १९ रन र तीन विकेट हात पारिन् । यसअघि, सीताकै उत्कृष्ट प्रदर्शनमा एपिएफले मधेस प्रदेशलाई १० विकेट तथा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको थियो । 

कोसीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपिएफले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको थियो । एपिएफका लागि ममता चौधरीले अविजित २१ रन बनाउँदा कप्तान सीता रानामगरले १९, इन्दु बर्माले १८, रोमा थापाले अविजित ११ र ज्योति पाण्डेले ११ रनको योगदान गरे । ज्योति र सीताले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । कोसीका लागि कप्तान रुबिना क्षेत्री, अलिशा खडिया र निशा शाहले समान एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कोसीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल तयार पा¥यो । एपिएफकी कप्तान सीता रानाले सर्वाधिक तीन विकेट लिइन् । सीताले चार ओभरमा ११ रन मात्रै खर्चिइन् ।

सुदूरपश्चिमको दोस्रो जित
ऋतु कनौजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि खेलमैदानमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै सुदूरपश्चिमले फाइनल सम्भावना बलियो बनाएको छ । 

यसअघि सुदूरपश्चिमले आयोजक ललितपुर ११ लाई ५१ रनले पराजित गर्दा एपिएफसँग १५ रनले पराजित भएको थियो । मधेसको भने लगातार दोस्रो हार हो । मधेसले प्रस्तुत गरेको ६६ रनको लक्ष्य सुदूरपश्चिमले १०.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टाएको थियो । सुदूरपश्चिमकी प्लेयर अफ दी म्याच ऋतु कनौजियाले अविजित २१ रन बनाइन् । रुवि पोदारले अविजित १४ र कप्तान बिन्दु रावलले १० रनको योगदान गरेका थिए । 

ad
ad