Skip This
१० जिल्लाका सिडिओको सरुवा, के कहाँ पुगे ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १० शुक्रबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० जिल्लाका सिडिओको सरुवा, के कहाँ पुगे ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार २o:५४:oo

गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा १० जिल्लाका सिडिओ हेरफेर भएका छन् । 

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । 

यस्तै, वेदप्रकाश खरेललाई सल्यान, मदन कोइरालाई प्यूठान, रामकुमार महतोलाई जाजरकोट र थानेश्वर गौतमलाई धनकुटाको सिडिओ बनाइएको छ । 

सिडिओमा खटाइएका सहसचिवहरू दुई महिनादेखि मन्त्रालयमा जिम्मेवारविहीन थिए । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा रामबन्धु सुवेदीलाई पठाइएको छ । 

सरुवामा केही जिल्लाका सिडिओ दुई महिनामै फेरिएका छन् । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव सिडिओलाई हटाएर सहसचिवलाई पठाइएको गृहका एक अधिकारीले बताए ।