Skip This
पश्चिमा नारीवादीको द्वैध चरित्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Sunday, 07 July, 2024
डालिया मोगाहेद
२o७९ चैत १० शुक्रबार o८:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमा नारीवादीको द्वैध चरित्र

Read Time : > 3 मिनेट
डालिया मोगाहेद
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार o८:३७:oo

केही समययता कपडाको एउटा सानो टुक्राले ठूला सरकारलाई हल्लाइरहेको छ । सरकार हल्लाउने पछिल्लो घटना भारतको हो । कर्नाटक राज्यका शैक्षिक संस्थामा लगाइएको हिजाब प्रतिबन्धविरुद्धको मुद्दाको सुनुवाइ गर्न सर्वाेच्च अदालतले यही मार्चको सुरुवातमा तीन न्यायाधीशको बेन्च गठन गर्ने घोषणा गर्‍यो । केहीअघि गत अक्टुबरमा सर्वाेच्च अदालतले हिजाब प्रतिबन्धबारे विभाजित आदेश दिएको थियो ।

अक्टुबरको फैसलाअघि कर्नाटक उच्च अदालतले हिजाब प्रतिबन्धलाई सदर गरेको थियो । भारतका विद्यालयमा विद्यमान हिजाब प्रतिबन्धका कारण हजारौँ मुस्लिम बालिकाले एक वर्षयता विद्यालय जान पाएका छैनन् भने यो वर्षको प्रयोगात्मक परीक्षाका लागि भनेर हिजाब प्रतिबन्धलाई अस्थायी रूपमा खुकुलो पारिँदासमेत बालिकालाई विद्यालयमा प्रवेश दिइएन । 

त्यसैगरी फ्रान्समा धार्मिक पहिरनसम्बन्धी प्रतिबन्धका कारण हजाराैँ फ्रान्सेली महिलाले आफ्नो आध्यात्मिक विश्वास र खेलप्रतिको लगावमध्ये एकको छनोट गर्नुपर्ने भएको छ । फ्रान्सेली फुटबल महासंघले आफूले आयोजना गर्ने प्रतियोगितामा महिला एवं बालिकालाई हिजाब पहिरन प्रतिबन्ध लगाएको छ । यही जनवरीमा फ्रान्सेली सिनेटका एक सय ६० सिनेट सदस्यमध्ये एक सय ४३ सदस्यले सबै खेलकुदमा हिजाबलाई प्रतिबन्ध गर्न मतदान गरेका थिए, तर त्यो कदमलाई त्यहाँको संसद्ले विफल तुल्याइदिएको थियो । यद्यपि राज्य सञ्चालित प्राज्ञिक संस्थामा हिजाब प्रतिबन्ध कायम नै छ । यी प्रतिबन्धलाई महिलामुक्ति भन्दै समर्थकहरू जायज ठहर्‍याउँछन् । मानाैँ कि महिलाको लुगाको पहरेदारी गर्नु महिला सशक्तीकरण हो ।  

हिजाबप्रति विश्वभरिकै धार्मिक पाखण्डीहरूको आसक्ति किन हुन्छ होला ? एउटा कपडाको टुक्राका लागि विरोधीले यतिविधि विरोध किन गर्नुपर्ने होला ? र, महिलाको शरीरमाथि राज्यले नियन्त्रण गर्दा पश्चिमका नारीवादी किन मौन रहन्छन् ? मैले सन् २०१६ मा व्यंग्यकार ट्रेभर नोहाको टिभी कार्यक्रममा भाग लिएपछि आएका विद्वेषी इमेलपछि यी प्रश्न आफैँलाई गरेको थिएँ ।

मेरो ढाकिएको शिरका बारेमा आएको प्रश्नमा मैले आध्यात्मिक श्रद्धाका कारण शिर ढाकेको जवाफ दिएकी थिएँ । त्यसपछि कार्यक्रममा आफ्नो उत्तरदाताको भूमिकालाई उल्ट्याएर मैले ट्रेभरलाई प्रतिप्रश्न गरेकी थिएँ, ‘उत्पीडन भनेको कसैको शक्ति हरण गर्नु हो भन्ने त मान्नुहुन्छ नि ? त्यस अवस्थामा यदि महिलाले आफ्नो यौनशक्तिको निजीकरण गर्दा उत्पीडित हुन्छन् भने हामी वास्तवमा महिला र तिनका शक्तिको स्रोतका बारेमा के भनिरहेका छौँ ?’ ट्रेभरले व्यंग्यात्मक ढंगले ‘हामीले सार्वजनिक स्थलमा कामुक देखिँदा मात्रै महिलालाई शक्तिशाली मानेका हौँ ?’

पश्चिमा नारीवादीहरू तालिबान शासकले महिलालाई शिक्षामा गरेको वञ्चितीकरणविरुद्ध बोल्छन्, तर हिजाब प्रतिबन्धलाई भने सदर गर्छन्

भन्दै प्रश्नको शैलीमा जवाफ दिएका थिए । यो जवाफपछि फेरि एकपल्ट ट्रेभरले व्यंग्यकै शैलीमा ‘के म सही हो ?’ भनेर प्रश्न गर्दा दर्शकले उत्साहका साथ ताली बजाएका थिए र कार्यक्रमको सो क्लिप भाइरल भएको थियो । उसो त कार्यक्रममा मेरो हिजाब लगाएको रूपलाई लिएर कैयौँ सकारात्मक प्रतिक्रिया पनि आएका थिए, तर उल्लिखित संवादको क्लिपका सन्दर्भमा मैले कैयौँ विद्वेषी इमेल पाएकी थिएँ ।

यो क्लिपको सन्दर्भमा केही ‘नारीवादी’ले हिजाबमा एक सशक्त गुण जोडेकालाई पचाउन सकिरहेका थिएनन् वा केहीले हिजाबको अपमान गरिस् भन्दै आफूभित्र गाडेर बसेको स्त्रीद्वेष प्रकट गरेका थिए । मुसलमान महिलाका ‘रक्षक’ हामीलाई धार्मिक पहिरनबाट मुक्त गराउन चाहन्छन् किनभने यिनका लागि हाम्रो पहिरनले हामीलाई अपमान गर्छ र कुण्ठित पार्छ, र मुक्ति दिलाउन उनीहरू पहिरनमा रोक लगाउँछन् वा छनोटको पहिरन पहिरेका कारण खिस्याउँछन् । योभन्दा ठूलो विरोधाभास के हुन सक्छ ? 

भारतमा बालिकाले आफूले मान्ने आस्था र शिक्षामध्ये एकको छनोट गर्नुपरिरहेको छ भने फ्रान्समा हजाराँै महिला खेलाडीले आफ्नो व्यावसायिक जीवन र धर्ममध्ये एउटालाई छान्नुपरिरहेको छ । यी ‘रक्षक’ तालिबान शासनमा महिलाको शिक्षा र खेलकुदलगायत क्षेत्रमा वञ्चितीकरणविरुद्ध बोल्छन्, तर यिनै रक्षक हिजाब प्रतिबन्धका नाममा हुने यस्तै वञ्चितीकरणलाई भने सदर गर्छन् । यो उदेकलाग्दो विडम्बनालाई कसरी पर्गेल्ने ?  

केही ठाउँमा हिजाब वेलावेलामा जबर्जस्ती लादिन्छ वा केही अधिनायकवादी सत्ताले महिलाको शिक्षा एवं हिँड्डुलको अधिकारलाई कुण्ठित गर्न हिजाबको राजनीतीकरण गर्छन् । यही यथार्थ दलिल बनाउँदै हिजाबलाई उत्पीडनको प्रतीक मान्दै केहीले खारेज गर्छन् ।

वास्तवमा यो तर्कले महिलाको स्वायत्ततालाई अस्वीकार गर्छ । वासिंटन आधारित इन्स्टिट्युट फर सोसल पोलिसी एन्ड अन्डरस्ट्यान्डिङको सर्वेक्षणअनुसार अमेरिकाका करिब आधा मुसलमान महिला हिजाब पहिरिन्छन् । पहिरिनुको मूल कारण ‘धार्मिक आस्था’ हो, त्यसपछिका कारण क्रमशः ‘आफूलाई मुसलमान भनेर चिनाउनु’ (२१ प्रतिशत) र ‘शालीनता झल्काउनु’ (१२ प्रतिशत) रहेको छ । सर्वेक्षणले केवल एक प्रतिशत महिलाले मात्रै श्रीमान् वा आफन्तको दबाबमा हिजाब पहिरेको बताएका थिए ।    

ल ठिक छ कुनैवेला लादिएको वा राजनीतीकरण गरिएको विषय स्वभावतः उत्पीडनकारी हो र यसको विरोध गरिनुपर्छ भन्ने तर्कलाई नै स्विकाराैँ । त्यसो भए यो तर्कलाई हिजाबका तुलनामा कैयौँ गुणा बढी महिलामाथि लादिने विषयमा लागू गराैँ न त ! यस सन्दर्भमा हामी आइपुग्ने भनेकै यौन सम्बन्धमा हो । अमेरिकामा विश्वविद्यालय तहभन्दा मुनिका चार महिलामध्ये एकले यौन हिंसा व्यहोर्छन । र, यौन सम्बन्धको राजनीतीकरण मात्रै नभई यौन सम्बन्धलाई बोस्नियादेखि युक्रेनसम्मका युद्धमा प्रयोग गरिएको छ ।

के त्यसो भए यौन सम्बन्ध कुनै परिस्थितिमा लादिएको छ वा यसलाई हतियार नै बनाइएको छ भनेर यौन सम्बन्धमाथि नै प्रतिबन्ध लगाउने ? के राज्यले महिला सशक्तीकरणका नाममा वयस्क एवं यौन सम्बन्धका लागि तयार महिलालाई यौन सम्बन्धबाट प्रतिबन्ध लगाउन मिल्छ ? के आफूलाई विवेकशील भन्ने तथाकथित ‘नारीवादी’ले यौनलाई जीवन प्रक्रियामा छनोट गर्ने महिलाको खिसी र अपमान गर्न पाउँछन् ? यदि होइन, पश्चिमा नारीवादीले जुन तीव्रताका साथ बाध्यकारी हिजाबको विरोध गर्छन्, त्यही तीव्रता र सक्रियताका साथ हिजाब प्रतिबन्धको पनि विरोध गर्नुपर्छ ।  
(मोगाहेद इन्स्टिच्युट फर सोसल पोलिसी एन्ड अन्डरस्ट्यान्डिङकी अनुसन्धान निर्देशक हुन्) अलजजिरा 

ad
ad
ad
ad