१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस काभ्रे
२०७९ चैत ९ बिहीबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Read Time : < 1 मिनेट
रासस, काभ्रे
२०७९ चैत ९ बिहीबार १२:४३:००

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । 

दिनहुँ राहदानी बनाउने सेवाग्राहीको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सयजनाले फोटो खिचाएका छन् । 

यस्तै, गत माघमा राहदानी लिनेको संख्या एक हजार चार सय ७९ रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता ६ सय १३ जनाले लिएका छन् ।

गत पुसमा सात सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीन सय ७१ जना छन् । राष्ट्रिय परिचयपत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन् । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुवात गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडेलले बताए ।