१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२९:oo

नेपाल उद्योग परिसंघ (सिएनआई)को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । उनलाई परिसंघको गभर्निङ काउन्सिलको बैठकले सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षको आकांक्षी कृष्णप्रसाद अधिकारी थिए । यद्यपि, बैठकले अग्रवाललाई नै चयन गरेको हो ।

ढिलो गरी यो पदमा चुनिएका उनी करिब दुई महिनामै अध्यक्ष बन्ने भएका छन् । परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । हाल परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल छन् । अग्रवाल आरएमसी ग्रुपका कार्यकारी निर्देशक हुन् । ५३ वर्षका अग्रवालले ३० वर्षअघि राजेश हार्डवेयरबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । यो समूहको बैंक तथा बिमामा पनि लगानी रहेको छ ।

ad
ad