५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो। 

उनीहरूलाई रामजानकी हस्पिटलनजिकैबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। 

जग्गा दर्ता कायम गर्ने सिलसिलामा उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियार स्रोतको भनाइ छ। नियन्त्रणमा लिइएका चौधरी र रायमाथि थप अनुसन्धान भइरहेको छ।

सुझावित समाचार