१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार १५:५३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कृषि उद्यमी कटुवालको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार १५:५३:००

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महासंघले २८ र २९ चैतमा डाकेको ५७औँ साधारणसभामार्फत नयाँ कार्यसमिति चयन गर्दै छ । सोही साधारणसभामा कटुवालले वस्तुगत समूहबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । यो समूहबाट १४ जना केन्द्रीय सदस्य र एकजना उपाध्यक्ष हुने प्रावधान छ । महासंघमा आबद्ध एक सय २३ वस्तुगत संघका अध्यक्षले मतदान गर्नेछन् ।

कटुवालको चितवनमा थोपा सिँचाइ प्रविधिसँग सम्बन्धित उद्योग छ । सो उद्योगले ग्रिन हाउस, टनेल खेती प्रणाली, थोपा सिँचाइका लागि पाइप उत्पादन र वितरणलगायतका सेवाहरू प्रदान गर्दै आएको छ । साथै, उनले कृषि यन्त्र आयात गरी नेपालभर बिक्री–वितरणसमेत गर्दै आएका छन् । उनले स्वदेशमै कृषि यान्त्रीकरण उद्योग स्थापनाका लागि पहलसमेत गर्दै आएका छन् ।

कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि १४ वर्ष बिताएका कटुवालले किसान र कृषि उद्यमीका समस्या समाधानका लागि महासंघबाट पहल गर्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।