मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ७ मंगलबार १o:५५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुन समयमा योग गर्नु राम्रो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार १o:५५:oo

- योगले शरीरलाई स्वस्थ राख्छ । तर, योग गर्नेले अनुशासनमा बस्न जरुरी छ । निश्चित विधि पालना गरेर योग गर्दा अधिक लाभ लिन सकिन्छ । 
- गुरुको निर्देशनअनुसार योगाभ्यास सुरु गर्नुस् । आफैँ जथाभावी योग गर्दा राम्रो नतिजा नआउन सक्छ । 
- सूर्योदय र सूर्यास्तको समय योग गर्नका लागि सही समय हो । योग गर्नुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ । 
- योग गर्नुभन्दा दुई घन्टाअघि केही पनि खानुहुँदैन । खाली पेटमा योग गर्दा राम्रो हुन्छ । 
- आरामदायक सुतीको कपडा लगाउनुस् । 
- योग गर्नुअघि मनलाई स्वच्छ राख्नुस्, खराब कुरालाई दिमागबाट निकाल्नुस् । 
- शान्त वातावरण र सफा ठाउँमा योग अभ्यास गर्नुस् । 
- धैर्य र दृढतापूर्वक योगाभ्यास गर्नुस् । 
- कुनै स्वास्थ्य समस्या छ भने चिकित्सकसँग परामर्श गरेर मात्रै योग गर्न थाल्नुस् । 
- यदि योग गर्दा समस्या देखियो भने अभ्यास रोक्नुस् ।