१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तक बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार १०:५१:००

नियात्राकार घनश्याम राजकर्णिकारको पुस्तक ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ सार्वजनिक भएको छ । पुस्तक कृष्ण पाउरोटी भण्डारले बजारमा ल्याएको हो । नेपालमा पाउरोटी उद्योगको स्थापना गर्ने कृष्णबहादुर राजकर्णिकार र कृष्ण पाउरोटी भण्डाका विषयमा यो पुस्तक आधारित छ ।

पुस्तकमा कृष्ण पाउरोटीको इतिहास, विकास र आरोह–अवरोहलाई लेखकले संस्मरणको रूपमा प्रस्तुत गरेका छन् । लेखक कर्णिकारका केही चिन्तन केही मन्थन (२०३५), विदेशको यात्रा : स्वदेशको सम्झना (२०३७), देश प्रदेशको भ्रमण (२०४३), सम्झनाको लहरमा लहरिँदै जाँदा (२०५२), बुद्ध ज्योतिका केही रश्मि (२०६४)लगायत पुस्तक प्रकाशित भइसकेका छन् ।